हिलाम्मे दशरथ रंगशाला, खेलाडीको जिउभरी हिलो (तस्बिरहरू) | Khabarhub Khabarhub

हिलाम्मे दशरथ रंगशाला, खेलाडीको जिउभरी हिलो (तस्बिरहरू)


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीचको खेल दशरथ रंगशालामा भइरहेको छ।

चर्च ब्वाइज युनाइटेड अनन्त तामाङको कप्तानीमा मैदानमा उत्रिएको छ। पहिलो हाफमा दुवै टोलीले १-१ गोल गर्न सफल भएका थिए।

सुरुवाती अग्रता भने घरेलु टोली चर्च ब्वाइजले लिएको थियो । चर्च ब्वाइजले अग्रता लिएपछि पारो पनि खेलमा फर्कियो । उसका लागि किङ्गलाले गोल गर्दै खेललाई १-१ बराबरीमा ल्याएका छन् ।

पानी परेकाले दशरथ रंगशाला हिलाम्मे भएको छ । यो रंगशालााई पारोका जापानी स्ट्राइकर कोइसुके होन्डाले अहिलेसम्मकै खराबको संज्ञा दिएका थिए ।

हिलाम्मे मैदानमा खेलाडीहरू बल खोसाखोसका क्रममा पटक पटक पछारिएका छन् । पहिलो हाफमै खेलाडीको जिउभरी हिलैहिलो भएको छ ।

मंगलबार पानी परेर मैदान हिलाम्मे हुँदा खेलाडीहरूले खेल कौशल समेत देखाउन सकेका छैनन् ।

दशरथ रंगशालालाई जापाबाट विश्वकप खेलिसकेका एसिया कप जितेका मिडफिल्डर केइसुके होन्डा अहिलेसम्मकै खराब भनेका थिए।

भुटानको पारो एफसीबाट खेल्न आएका उनले आफ्नो करियरकै खराब मैदान भनेर दशरथ रंगशालाबारे टिप्पणी गरेका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : २७ बजे

काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने

काठमाडौं – नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय