माओवादी केन्द्रमा तत्काललाई प्रचण्डको विकल्प नखोजिने « Khabarhub

माओवादी केन्द्रमा तत्काललाई प्रचण्डको विकल्प नखोजिने

सबै नेताको प्रश्न समेटेर दाहालले बिहीबार जवाफ दिने


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक परिस्थितिलाई सही दिशामा अघि बढाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

पार्टीको गतिविधिलाई प्रभावकारी बनाउन पनि अध्यक्ष प्रचण्डकै नेतृत्वमा सबै पंक्ति सङ्गठिन हुनुपर्नेमा नेताहरूले जोड दिएको उपाध्यक्ष अग्नि सापकोटाले बताएका छन् ।

माओवादी चार दिनदेखि जारी स्थायी समितिको बैठकका क्रममा मंगलबार धारणा राख्ने सबै सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गरेर प्रचण्डको नेतृत्वमै एकताबद्ध हुनुपर्ने निष्कर्ष निकालेको सापकोटाले जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दी तोड्न प्रचण्डले नै खास पहल लिनुपर्ने बताउँदै नेताहरूले उनको नेतृत्वको विकल्प तत्काल खोज्न नहुने साझा धारणा बनाएको प्रवक्ता सापकोटाले बताएका छन् ।

माओवादी उपाध्यक्षसमेत सापकोटाका अनुसार नेताहरूले आफ्ना धारणा राख्ने क्रममा सत्ता गठबन्धनले संविधान संशोधन गर्न चाहेको सन्दर्भमा पार्टी अध्यक्षलाई थप बलियो बनाउनुपर्ने राय दिएको थिए ।

बैठकमा उच्चस्तरीय जनवादको अभ्यास गरिएको र त्यही आधारमा उच्चस्तरको केन्द्रीकरण पैदा भएको जानकारी दिँदै प्रवक्ता सापकोटाले पार्टीको राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाएर लान नेताहरू एक मत भएको बताए ।

नेताहरूले विचारको विकासमा जोड दिनुपर्ने, नवप्रवर्तनमा लाग्नु पर्ने तथा आन्तरिक एकता बलियो बनाउँदे अगाडि बढ्नुपर्नेमा साझा मत राखेका सापकोटाले बताए । पार्टी कार्यकर्ताको व्यवस्थापन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेसहित विषयमा खास नीति तथा योजना तयार गरेर कार्यान्वयन गर्नुपर्ने स्थायी समिति सदस्यले बताएका थिए ।

अब अध्यक्ष दाहालले स्थायी समिति सदस्यको धारणासहितको प्रस्ताव तयार पार्ने भएका छन् । त्यसलाई अब बस्ने केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी भएको छ । केन्द्रीय समिति बैठकलगत्तै स्पष्ट कार्ययोजनासहित माओवादीले सङ्गठन सुदृढीकरण र जनपरिचालनको योजना बनाएको सापकोटाले बताए ।

मंगलबारको बैठकमा ११ जना स्थायी समिति सदस्यले बोलेका छन् । स्थायी समिति सदस्यले बोलिसकेपछि अध्यक्ष दाहालले बिहीबार जवाफ दिने भएका छन् ।

मंगलबारको बैठकमा महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव हरिबोल गजुरेलले बोले । त्यसैगरी स्थायी समिति सदस्यहरू कुवेर ओली, सत्या पहाडी, खगराज भट्ट, डीलाराम आचार्य, विश्वनाथ साह, श्रीराम ढकाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र नन्दकुमार प्रसाईले पनि आफ्ना भनाइ राखेका थिए ।

यो पनि-
प्रचण्डको भवितव्य : बुझिनँ मैले, बुझाइदेऊ कसैले…

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : ५३ बजे

दुईदिने सार्वजनिक बिदा : पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी– सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै

काठमाडौं– बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने

काठमाडौंका सरकारी अस्पतालमा बिरामीको चाप (तस्बिरहरू) 

काठमाडौं– सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार

पत्रकारले भिडियो खिचेपछि रिसाए प्रधानमन्त्री, तात्तातै निर्देशनपछि सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोके

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा मन्त्रिपरिषद् बैठकका क्रममा सञ्चारकर्मीहरूलाई

पहिरोले अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं– केही दिनदेखिको वर्षासँगैको बाढी पहिराका कारण अवरुद्ध मुख्य राजमार्गहरू