भासियो पुर्चौडी जोड्ने सडक, यातायात सेवा बन्द « Khabarhub

भासियो पुर्चौडी जोड्ने सडक, यातायात सेवा बन्द


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक चार दिनदेखि अवरुद्ध भएको छ । उक्त सडकको ठाउँठाउँमा पहिरो जाने र भासिने समस्याले सडक अवरुद्ध भएको हो ।

शनिबार रातिदेखि सडक पूर्णरूपमा अवरुद्ध हुँदा पुर्चौंडी पुग्ने यात्रुलाई समस्या भएको छ । ढोल्यामोडदेखि हिँडेर जानुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

ढोल्यामोड–हाट सडकको खामोहाले, गोफाखोला नजिक, सनगाउँ, बडगाउँ विद्यालय नजिकै पहिरो खसेको स्थानीय पुरनसिंह ऐरले बताए । यसका साथै ठण्डा पानी भन्ने ठाउँमा करिब ४० मिटर सडक भासिएको छ ।

सडक अवरुद्ध चाडपर्वका लागि परदेशबाट घर फर्केकाहरू ढोल्यामोडबाट पैदल हिँड्न बाध्य छन् भने सबैभन्दा बढी समस्या बिरामीलाई भएको छ । यसका साथै यहाँको पुर्चौडी क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको स्थानीयले बताएका छन् ।

ढोल्यामोड–हाट सडक स्तरोन्नतिको काम भइरहेको छ । सडक चौडा गर्ने क्रममा नयाँ कटिङ गरेका ठाउँमा पहिराको जोखिम बढी देखिएको छ । यसैबीच सडक सञ्चालन गर्न प्रयास गरे पनि खुलाउन समस्या भएको पुर्चौडी नगरपालिकाले जनाएको छ ।

सडक खुलाउन दुई वटा जेसिबी प्रयोग गरेर प्रयास गरिए पनि सम्भव नभएको पुर्चौडी नगरपालिकाका इञ्जिनियर अनिलसिंह बोहराले बताए । उनले पहिरो पन्छाउने काम भए पनि सडक भासिएको ठाउँमा सदस्य रहेको जानकारी दिए । तत्काल सडक सञ्चालन हुन नसक्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ८ : ३५ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२