आज यी प्रदेशमा हुनेछ मध्यमदेखि ठूलो वर्षा « Khabarhub

आज यी प्रदेशमा हुनेछ मध्यमदेखि ठूलो वर्षा


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

यसैगरी आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ३४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४२ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ६ : २५ बजे

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्

विद्युतको कर खारेजी माग गर्दै कुलमानको हस्ताक्षर अभियान (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र

निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ

काठमाडौं–  नेपाली कांग्रेसका युवा नेता निश्कल राईले आफूहरूको चाहना विभाजित