पोर्चुगलमा राहदानी घुम्ती सेवा, करिव चार हजार नेपाली लाभान्वित « Khabarhub

पोर्चुगलमा राहदानी घुम्ती सेवा, करिव चार हजार नेपाली लाभान्वित


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोर्चुगलमा नेपाल सरकारले घुम्ती राहदानी शिविर सञ्चालन गरेको छ ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्वनमा २ अगस्ट देखि १३ अगस्ट २०२४ सम्म राहदानी नवीकरण घुम्ती सेवा सञ्चालन गरेको हो ।

पोर्चुगलमा हाल ५० हजारभन्दा बढी नेपालीहरू बसोबास गरिरहेका छन् । घुम्ती सेवाबाट ३ हजार ८२९ जना नेपालीले राहदानी नवीकरण सेवा लिएका छन् । जसमा १२१ जना नाबालक, ३ हजार ३८० नवीकरण र हराएका ३२८ छन् ।

राहदानी सेवा सञ्चालनबाट ४ लाख ९१ हजार ५८० यूरो (नेपाली ७ करोड २० लाख ११ हजार ५५४ रुपैयाँ) राजश्व सङ्कलन भएको छ ।

घुम्ती सेवाको व्यवस्थापन गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो भने पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थाहरूले सहयोग गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ९ : २७ बजे

एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितीको बैठक

दाङमा बस दुर्घटना, २२ यात्रु घाइते

दाङ– दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्

पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

कास्की– देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके– बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार

एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन