डेङ्गुबाट एकको मृत्यु | Khabarhub Khabarhub

डेङ्गुबाट एकको मृत्यु


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो ।

लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको र पछि चिकित्सकले डेङ्गु रोग लागेको बताएको उनका जेठाजु नारद मलासीले बताए । उनले भने, ‘लामो समयदेखि बिरामी भएकाले भारइल ज्वरोको समस्या होला भन्नेमा थियौं, रोग निको नभएपछि कैलालीतर्फ लग्यौँ, उपचार गर्दागर्दै मृत्यु भयो, चिकित्सकले डेङ्गु हो भनेपछि, हामी आश्चर्यचकित भयौँ ।’

जिल्ला बाहिर कहिले नगएकी निज महिलालाई कसरी डेङ्गु रोग लाग्यो, यो विषयमा जिल्लामा रहेका चिकित्सकसमेत अचम्मित भएका छन् । डेङ्गु रोग लागेर निज महिलाको मृत्यु भएपछि अहिले उक्त क्षेत्रमा त्रास छाएको स्थानीयवासी बताउँछन् । मृतक मसालीलाई डेङ्गु र स्क्रप टाइफस गरी दुई रोग देखिएको मायामेट्रो अस्पतालका डा विष्णु जोशीले बताए ।

जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले भने, ‘एडिज नामको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ, तर डोटीमा अहिलेसम्म पनि उक्त रोगका बिरामी देखिएका छैनन्, हामी नै अचम्ममा परेका छौँ ।’ डा मिश्रका अनुसार एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन् । यसले दिउँसो मात्रै मानिसलाई टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । यस्ले आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा करीब ३०० अण्डा पार्दछ । ज्वरो आएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेङ्गु सर्दछ । लामखुट्टेको कारण भन्दा पनि मानिसको तीव्र बसाइँसराइ र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको चिकित्सको दाबी छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ९ : ३० बजे

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ