फिल्म ‘जन्ते बाख्रो’मा आशिफको प्रवेश « Khabarhub

फिल्म ‘जन्ते बाख्रो’मा आशिफको प्रवेश


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं फिल्म ‘जन्ते बाख्रो’ मा आशिफ शाहको प्रवेश भएको छ । उनी फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएका हुन् । 

निर्माण पक्ष र शाहबीच कागजी सम्झौता भइसकेको छ । निर्देशक सिमोस सुनुवार रोडिजमा व्यस्त भएका कारण फिल्मको छायांकन तिहारपछि मात्रै हुने बताइएको छ । 

यसअघि फिल्म शीर्ष भूमिकामा नायक सौगात मल्ल अनुबन्ध भइसकेका छन् । नायिका लगायतका केही कलाकारका लागि निर्माण पक्षले अडिसन खुलाएको छ । 

निर्देशक सिमोसका अनुसार कलाकार छनोटको काम केही दिनमा सुरु हुनेछ । अडिसनमा सहभागी हुन करिब ४ सयले आवेदन दिएको उनको भनाइ छ । 

कमेडी जनरामा बन्ने यस फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । मुईन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्ममा सन्तोष गौतम र निर्देशक सिमोसको लगानी रहनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : २७ बजे

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार