मिक्लाजुङ्गको वडा ८ बासीलाई निःशुल्क एम्बुलेन्स, पालिका अझै अलमलमा | Khabarhub Khabarhub

मिक्लाजुङ्गको वडा ८ बासीलाई निःशुल्क एम्बुलेन्स, पालिका अझै अलमलमा


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङ मिक्लाजुङ्ग गाउँपालिकाको ८ नम्बर वडाका जेष्ठ नागरिक देवीकुमार पौडेलको झापास्थित विएण्डीसी अस्पतालमा गत बैशाखमा प्रोस्टेटको अप्रेसन भयो ।

७४ वर्षीय पौडेललाई त्यहाँका चिकित्सकले फलोअपका लागि हप्ता-हप्तामा अस्पताल आउनुपर्ने बताए । उनी अप्रेसनपश्चात धेरै पटक विएण्डसी अस्पतालमा बिर्तामोड एम्बुलेन्स लिएर पुगे । तर, उनले एम्बुलेन्समा अस्पताल पुगेको पैसा तिर्न परेन। 

पौडेलका छोरा पदमले भने, ‘घरबाट अस्पताल पुग्दा एकतर्फ मात्र भाडा ५ हजार तिर्नुपथ्र्याे। तर, हामीले जति पटक बुवालाई अस्पताल  पुर्‍याएपनि निःशुल्क एम्बुलेन्स प्राप्त गरेका छौंँ ।’ 

पदमले बुवाको फलोअपका लागि एम्बुलेन्स भाडा मात्र जोड्दा १ लाख रुपैयाँले नभ्याउने अवस्था  रहेको बताए । 

त्यही वडाका जेष्ठ नागरिक पदमबहादुर रायलाई आँखामा समस्या छ । उमेरले ८५ वर्ष पुगेका राय पनि आँखाको उपचारका लागि बिर्तामोडमा रहेको मेची नेत्रालयमा पुगिरहनुपर्छ । तर, उनलाई अस्पताल पुग्न कुनै समस्या छैन् । घरदेखि अस्पताल जान उनले निःशुल्क एम्बुलेन्स सेवा लिने गरेका छन् ।

पदमबहादुर भन्छन, ‘आँखामा समस्या भएयता अस्पताल जाँदा कहिले बसको यात्रा गन परेको छैन । हामी जस्ता बूढा पाकालाई अस्पताल जानका लागि वडाबाट प्राप्त हुने निःशुल्क एम्बुलेन्स सेवाले निकै सहज भएको छ । ’बसको सकसपूर्ण यात्राबाट छुट मिलेको मात्र छैन, समयको पनि बचत भएको छ ।’

मिक्लाजुङ्ग-८ का जेष्ठ नागरीकद्धय देवीकुमार र पदमबहादुर जस्तै २ सय बढी नागरिकले वडाले उपलब्ध गराएको एम्बुलेन्स सेवा लिएका छन् ।

वडाले गएको आर्थिक वर्षमा जेष्ठ नागरीक, एकल महिला र अपाङ्ग नागरिकका लागि घरदेखि अस्पतालसम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको थियो। जसबाट २ सय बढीले एम्बुलेन्स सेवा प्राप्त गरेका छन् ।

कार्यालयका अनुसार ८ नम्बर वडामा २ सय ६० जेष्ठ नागरिक ३२ जना अपाङ्ग र २६ जना एकल महिला रहेका छन् । उनीहरूको स्वास्थ्य उपचारलाई सहज बनाउन वडा कार्यालयले  रत्न कुमार बान्तवा स्मृति प्रतिष्ठानसँग एम्बुलेन्स  सेवाको लागि सम्झौता गरेर काम शुरु भरेको थियो ।

सबै वडाबासीलाई निःशुल्क एम्बुलेन्स सेवा 

पहाडी इलाकामा पर्ने मिक्लाजुङ्ग गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले वडावासीको लागि निःशुल्क एम्बुलेन्स सेवा सुरुवात गरेसँगै भौगोलिक विकटता रहेको त्यस क्षेत्रमा वडाबासीले समयमै सहज एम्बुलेन्स सेवा पाएका छन्। धरान, विराटनगर र बिर्तामोडमा रहेका ठूला अस्पताल पुर्‍याउन सहज भएको छ ।

मिक्लाजुङ्ग ८ नम्बर वडा कार्यालयले भने वडावासीका लागि चालु आर्थिक वर्षदेखि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न थालेपछी नगरवासीलाई धेरै सहज भएको स्थानीय हरीनारायण अधिकारी बताउँछन्। 

अधिकारी भन्छन, ‘हाम्रो जस्तै भौगोलिक विकटता भएको गाउँमा सहजै रुपमा भनेको समय सवारी साधनपनि उपलब्ध हुन गाह्रो हुन्छ।’ नागरिकको सुविधाका लागि वडा कार्यालयले  निःशुल्क एम्बुलेन्स उपलब्ध गराएपछि बिरामी पर्दा अस्पताल पुग्न सजिलो भएको छ ।’

वडा कार्यालयले वडावासीको लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराए पनि गाउँपालिकाले त्यो अवधारण कार्यान्वयनमा ल्याउन सकेको छैन ।

वडातहबाटै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुन थालेपनि यस क्षेत्रका नागरिक धेरै लाभान्वित भएको वडावासी विमला राय बताउँछिन् । रायका अनुसार मोरङ्ग सुगम जिल्ला भनेर चिनिएपनि जिल्लाको उत्तरी क्षेत्र पहाड क्षेत्रमा पर्दछ। जसका कारण विकास र पूर्वाधारले यस क्षेत्रमा बिस्तारै छुँदैछ ।

भौगोलिक विकटता भएका कारण यस क्षेत्रका कोही बिरामी पर्दा समयमै अस्पताल  पुर्‍याउन नसक्दा कतिको अकालमा ज्यान समेत जाने गरेको छ ।

बिरामीलाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्स सेवाको लागि खबर गरेको घन्टौँ कुनुपर्ने अवस्था अहिलेपनि रहेकाले यस भेगका मानिस निकै पीडित छन् ।

तर मिक्लाजुङ्ग गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका सबै नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवाको शुरुवात गरेसगै समयमै एम्बुलेन्स सेवा वडाबासीले प्राप्त मात्र गरेका छन्।

 राय भन्छिन्, ‘हाम्रा जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुँदा जनताले धेरै राहतको महसुस गर्ने रहेछन्।’ यसको उदाहरण हाम्रो वडा बनेको छ।

अहिले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुन थालेपछी आफ्ना आफन्तको उपचारका लागि विराटनगर, धरान, विर्तामोडमा रहेका ठूला अस्पतालमा बिरामी लगेर समयमै उपचार गर्न अवसर मिलेको छ ।’

वडा कार्यालयले आव २०८१-०८२ वडागत कार्यक्रम अनुसार वडावासीको स्वास्थ्य सेवाको पँहुचलाई सहज र सुलभ बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सुरुवात गरेको हो ।

जसका लागि वडा कार्यालयले रत्न कुमार बान्तवा स्मृति प्रतिष्ठानले एम्बुलेन्स उपलब्ध गराएबापत चालु वर्षका लागि २ लाख रुपैयाँ दिने गरी सम्झौता गरेको छ । सम्झौताअनुसार प्रतिष्ठानले वडावासी बिरामी भएको अवस्थामा उपचारका लागि लानु परेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने छ ।


वडाले स्वास्थ्यकर्मीको सिफारिसका आधारमा अस्पताल लैजानुपर्ने भए तोकिएका व्यक्तिलाई जानका लागि एम्बुलेन्स भाडा बिरामीले तिर्नु नपर्ने गरी व्यवस्था मिलाइएको मिक्लाजुङ्ग गाउँपालिका ८ नम्बर वडा कार्यालयका वडाअध्यक्ष, प्रवेश कुँवर बताउँछन्।

‘तीनै तहका सरकारको मुख्य दायित्व भनेको सहज र सुलभ रुपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउनु पर्छ’,  वडा अध्यक्ष कुँवर भन्छन्, हामीले हाम्रो तहबाट जे सकेका छौँ, त्यही गर्ने प्रयास मात्र गरेको हौँ। ठूलो अस्पताल बनाउन नसकेपनि छिटो र सहज रुपमा उपचार सेवा जनतालाई दिन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेका छौँ ।’

मिक्लाजुङ्गमा रहेको स्वास्थ्यकेन्द्रदेखि धरान, विराटनगरबिर्तामोड अस्पतालसम्म जान बिरामीले एक पटकमा ५ हजार बढी पैसा खर्चिनु पर्ने अवस्था छ ।

वडा कार्यालयका अनुसार वडा कार्यालयले गत वर्ष ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गता भएकालाई उपचारका लागि अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ । त्यही कार्यक्रमलाई बिस्तार गदै चालु आवदेखि वडाबासीलाई निःशुल्क प्रदान गर्न शुरु गरिएको हो। वडामा ३२ सय बढी जनसङ्ख्या छ । 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ५ : ४५ बजे

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौं – तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा

बाढीले क्षति पुर्‍याएको त्रिशूलीको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

गोरखा – त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दशैं मनाउँदै

खोटाङ – बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार

बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । यहाँका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको

दशैंको किनमेल स्थानीय हाटबजारमा

नवलपरासी – नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको