गहना किन्ने बहानामा पुगेकी महिलाले जब दुई तोलाको सिक्री चोरेर भागिन् « Khabarhub

गहना किन्ने बहानामा पुगेकी महिलाले जब दुई तोलाको सिक्री चोरेर भागिन्


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनका गहना किन्ने बहानामा पुगेकी एकजना महिलाले दुई तोलाको सिक्री चोरेर भागेको खुलेको छ ।

किन्ने बहानामा पसलमा छिरेर ललितपुर महानगरपालिका-३ पुलचोक बस्ने ५२ वर्षीया लिना नकर्मीले दुई तोला २० लालको सिक्री चोरेर भागेकी हुन् ।

यस प्रकरणमा प्रहरीले काठमाडौं महानगरपालिका-२३ बिशालबजार बस्ने जगन्ननाथ ज्वलेर्सका सञ्चालक भारतको पश्चिम बंगाल राज्य मोदिनीपुर घाटल थाना कुशपता ग्राम घर भएका ५२ वर्षीय चित्र रञ्जन हजारालाई पनि पक्राउ गरेको छ ।

कार्कीले न्यूरोडस्थित नारायण ज्वेलर्सबाट शुक्रबार दिउँसो सुनका गहना खरिद गर्ने बहाना गरेर २ तोला २० लालको सुनको सिक्री चोरेर भागेकी थिइन् ।

उक्त प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले चोरीमा संलग्न लिनालाई ललितपुरको पुल्चोकबाट पक्राउ गरेको छ ।

लिनाले चोरी गरेको सुनको सिक्री न्यूरोडस्थित जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको खुलेको थियो । त्यसपछि ज्वेलर्सका सञ्चालक रञ्जनलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

लिनाले यसअघि चोरी गरेर १७ ग्राम बराबरको सुनको सिक्री १ थान जगन्नाथ ज्वेलर्सलाई बेचेको खुलेको छ । प्रहरीले लिनाको साथबाट करिब २ तोला बराबरको सुनको सिक्री पनि बरामद गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १२ : २६ बजे

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर– वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको

विश्वकप फुटबल : भिएआर सुविधा कि विवाद ?

फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा पुगेको छ। मैदानमा खेलाडीको

सिँचाइ सुविधासँगै आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि

पुनर्वास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण

कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री

मेसीका लागि किन खास छ अर्जेन्टिनी टोली ?

काठमाडौँ – विश्वकप फुटबल २०२६ सकिनका लागि अब तीन खेल