तारकेश्वरमा खोलो पुरेर बनाइएको खेल मैदान भासियो (तस्बिरहरू) « Khabarhub

तारकेश्वरमा खोलो पुरेर बनाइएको खेल मैदान भासियो (तस्बिरहरू)


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पछिल्लो समय काठमाडौं उपत्यकामा जमिन भासिने क्रम बढेको छ । काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथिको सडक भासिएको घटना सेलाउन नपाउँदै तारकेश्वर नगरपालिका-५ अर्यालटारमा त्यस्तै शैलीमा फुटबल मैदान भासिन पुगेको छ ।

स्थानीय खोलालाई पुरेर बनाइएको खेल मैदानको एउटा भाग ठूलो आकारमा भासिएको हो । त्यहाँ खोलालाई पुरेर खेल मैदान निर्माण गरिएको थियो ।

खोलो पुरेर बनाइएको खेल मैदान निरन्तरको वर्षातपछि भासिन पुगेर ठूलो भ्वाङ परेको छ। भ्वाङ परेको स्थानमा ह्युम पाइपमा खुम्च्याइएको खोलो बगिरहेको अवस्थामा देखिएको छ ।

उपत्यकामा अविरल वर्षाका कारण सडकसहितका संरचना भासिइरहेका छन् । स्थानीय रुद्रेश्वर खोलो पुरेपछि त्यहाँ खेल मैदान बनाइएको थियो।

खोलो पुरेर बनाइएको खेल मैदानमा ढलानको तयारी हुँदै गर्दा ठूलो भ्वासङसहित भासिएको स्थानीय प्रसाद अर्यालले जानकारी दिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १२ : ४४ बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको