भक्तपुरमा गाईजात्राको तयारी तीव्र | Khabarhub Khabarhub

भक्तपुरमा गाईजात्राको तयारी तीव्र


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा यस वर्षको गाईजात्रा पर्व (सापारु) को तयारी तीव्र पारिएको छ । भक्तपुर नगरपालिकाले जात्रामा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरुका साथै अन्य आवश्यक तयारीलाई तीव्रता दिएको हो ।

भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट घिन्ताङघिसी नाचको प्रदर्शन गरेर कृष्ण जन्माष्टमीको दिनसम्म गाईजात्रा पर्व मनाइन्छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रा पर्वलाई सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने बताए ।

नगरमा बढीभन्दा बढी सांस्कृतिक गतिविधिहरू प्रदर्शनीका लागि नगरवासीलाई उत्साहित गर्नका लागि सबै वडामा सांस्कृतिक भेला आयोजना गरिएको भन्दै प्रजापतिले भाद्र १ गतेसम्म सबै तयारी सम्पन्न गर्ने जानकारी दिए  ।

त्यस्तै गाईजात्रा पर्वमा नगरभित्र रहेका तारहरूको व्यवस्थापनका लागि आग्रह गरिसकेको भन्दै समयमा नै तारको व्यवस्थापन नगरे नगर आफैँले काट्ने उल्लेख गरे ।
भक्तपुरमा प्रत्येक वर्ष जनैपूर्णिमाको साँझ तलेजुबाट घिन्ताङघिसी नाचको प्रदर्शन सुरु भएसँगै जात्रा सुरु हुने परम्परा रहिआएको छ । त्यस दिन साँझ तलेजुबाट निकालिने गाईजात्राको घिन्ताङघिसी नाच नगर परिक्रमा गराइन्छ ।

भक्तपुर नगरमा गाईजात्रा नौ दिनसम्म धुमधामका साथ मनाइने र त्यो क्रममा टोलटोलका नाच, नाटक, प्रहसन नगरभरि देखाइने नगरपालिकाले जनाएको छ ।

भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्रा भन्दा भिन्न र मौलिकशैलीको रुपमा लिइन्छ । भक्तपुरको मुख्य आकर्षण घिन्ताङघिसी नाचलाई लिइन्छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १२ : ५३ बजे

फुटबल टिमका मुख्य प्रशिक्षक म्याटले दिए राजीनामा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले

वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा (तस्बिरहरू)

काठमाडौं– पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभावका

काराबाओ कप : म्यानचेस्ट सिटी अन्तिम आठमा

काठमाडौं– इंग्लिस फुटबल लिग (इएफएल) कप (काराबाओ कप) फुटबलमा म्यानचेस्टर

नेपालगञ्ज–गुलरिया सडकमा चार लेनको पुल निर्माण हुँदै

बाँके– नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की