कुलमानको गुनासो- लोडसेडिङ हुँदा रमाउनेहरूले मेरो विरोध गर्दैछन् « Khabarhub

कुलमानको गुनासो- लोडसेडिङ हुँदा रमाउनेहरूले मेरो विरोध गर्दैछन्

कार्याकाल सकेर अर्को वर्ष साउनमा बिदा हुने घोषणा


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ् हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् ।

प्राधिकरणको वार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले संस्थान घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको बताए। अहिले उनीहरू नै आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् ।

केही जिम्मेवार पदाधिकारी लगायतले जिम्मेवार ठाँउमा पुगेर प्राधिकरणको हिसाबप्रति आशंका व्यक्त गर्ने गरेको भन्दै घिसिङले महालेखा परीक्षकको ३ वटा संस्थाले अडिट गरेको हिसाब कसरी फेक हुन्छ भन्दै प्रश्न गरे ।

उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे । त्यस्तै उनले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा पुग्नु ठूलो सुखद बिषय भएको बताए ।

नेपालको विद्युत् क्षेत्रमा ठूलो क्रान्ति भएको र अहिले सबै क्षेत्रमा विद्युतीय गाडीहरू सञ्चालन हुन थालेको उनले बताए । घिसिङले वितरण प्रसारण र उत्पादनमा मात्रै प्राधिकरणले १ खर्ब लगानी गरेको जानकारी पनि दिए ।

उनले आफ्नो दोश्रो कार्यकालको अन्तिम वार्षिकोत्सवपछि अर्को वर्ष साउन २५ गते चार वर्षे कार्यअवधि सकेर प्राधिकरणबाट बिदा लिने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ३ : ३९ बजे

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति