महालेखा परीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रियसभामा पेस « Khabarhub

महालेखा परीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रियसभामा पेस


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा महालेखा परीक्षकको ६१औँ प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले महालेखा परीक्षकको ‘६१औँ वार्षिक प्रतिवेदन–२०८१’ सभासमक्ष पेस गरेका हुन् ।

सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गरेका छन् । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराएका छन् ।

त्यसै गरी, सार्वजनिक तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन–२०८१’ सभा समक्ष पेस गरेकी छन् ।

स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनबाट पुनः निर्माण, राहत तथा पुनः स्थापनाको काम लक्षित रूपमा अघि बढ्न नसकेको र प्रभावकारी नदेखिएको शर्माले बताइन्  ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक–२०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गरेका छन् ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ २ गते आइतबार दिउँसो १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ५ : ०० बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी