हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार | Khabarhub Khabarhub

हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा – मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले विर्तामोड नगरपालिका क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) निर्माण आजदेखि सुरु गरिएको छ ।

विर्तामोड नगरपालिका–६ को देउनिया खोलाको पुलदेखि वडा नम्बर–८ को किनसभिट्टासम्मको नौ किलोमिटर क्षेत्रमा विद्युतीय तारवार निर्माण सुरु गरिएको हो ।

मानव वस्तीमा हात्ती छिर्न नदिन राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ पर्ने हरियाली सामुदायिक वनको क्षेत्रमा विद्युतीय तारबारको निर्माण गरेको जनाएको छ ।

नेपाल सरकारको रु एक करोड ३२ लाख ३६ हजारको लगानीमा तारबार निर्माण सुरु भएको संरक्षण कोष कोशीका प्रमुख वीरेन्द्र गौतमले बताए । यसको ठेक्का फुङ्फुङ्गे शैलेश्वरी निर्माण सेवाले लिएको छ । ठेक्का सम्झौताअनुसार २०८१ कात्तिक २९ गतेसम्ममा योजना सम्पन्न गरिसक्नुपर्ने उनको भनाइ छ ।

विद्युतीय तारवारका कारण दैनिक गाउँ पसेर दुःख दिँदै आएको हात्ती नियन्त्रण हुनेमा आफू विश्वस्त रहेको नगरप्रमुख पवित्रा महतराले बताए । उनले विद्युतीय तारवारको शिलान्यास गर्नुभएको छ । उहाँले बढ्दो मानवीय क्षति कम गर्न र हात्तीलाई घेराबार गरेर सामुदायिक वनभित्र मनपर्ने आहाराको व्यवस्था गर्न पालिका लाग्ने बताए ।

संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमले यसअघि जिल्लामा बाहुनडाँगीमा १८ किलोमिटर, जलथल र चाराआलीमा क्षेत्र गरी ७६ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार भइसकेको जानकारी दिए। यहाँ जडान गरिएको ‘अफसेट’ सोलार प्यानलको विद्युतीय तारबार हुलमा आउने हात्ती नियन्त्रणका लागि प्रभावकारी हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ८ : १४ बजे

राजनीति छाडे भनेर चन्दन लाउन खोजेको होइन, तर कार्यकारी भूमिकामा रहँदैनौँ : राम कार्की 

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले आफूहरूले राजनीति छोडेको

शिक्षणसँगै व्यावसायिक केराखेती, वार्षिक १० लाख मुनाफा

 महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कांग्रेस बैठकमा गगनको प्रस्ताव : पुस १६ देखि १९ सम्म महाधिवेशन गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ गतेदेखि

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय  

काठमाडौं– सरकारले स्विट्जरल्याण्डको जेनेभामा हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा

राप्रपा नेपालले राख्यो राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव

काठमाडौं- समान विचार भएका राजनीति दल र शक्तिसँग सहकार्य र