श्रीमती हत्याको आरोपमा एक पक्राउ « Khabarhub

श्रीमती हत्याको आरोपमा एक पक्राउ


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

दाङ – श्रीमतीको हत्या गरेको गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–९ स्याले निवासी ४९ वर्षीय श्यामकुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार कुमालविरुद्ध ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेको आरोप छ । ईश्वरीलाई बुधबार विहान ७ बजेतिर घरदेखि एक किलोमिटर दक्षिणतर्फ रहेको हात्तिखालबाट स्याले जाने भित्रि कच्चीबाटोमा मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना लगत्तै फरार रहेका कुमालले प्रहरीले आज पक्राउ गरेको हो ।प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनले हत्या आफूले गरेको स्वीकार गरेको जनाएको छ ।

दुवै जनाले मादक पदार्थ सेवन गरी फर्कने क्रममा सामान्य वादविवाद हुँदा श्रीमानले काठको लाठीले टाउको, अनुहार, खुट्टा र शरीरको पछाडि ढाडको भागमा प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १० : २६ बजे

अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत

विश्वकप : खेल हुँदै गर्दा दर्शक मैदान छिरेपछि…

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत बेल्जियम र सेनेगलबीच सियाटलमा

दुई गोलले पछि परेको बेल्जियम नाटकीय जित निकाल्दै विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयको अन्तिम मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमार्फत गोल

केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा : कंगो विश्वकपबाट बाहिरियो

काठमाडौँ – कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक