मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ « Khabarhub

मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धरानचतराधामस्थित दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएका छन् ।

बराहक्षेत्र नगरपालिका- १ मा  चतरा गुठीको स्वामित्वका ती तत्काल मर्मतसम्भार हुनुपर्नेमा महन्त विनायक पुरीले जोड दिएका छन् ।

मठको गद्दीदेखि मूर्तिसम्म गद्दीसम्मका संरचना जीर्ण बनेकाले तत्काल मर्मतसम्भार थाल्नुपर्ने उनको माग छ । उहाँले धार्मिक एवं पुरातात्विक महत्वका यस्ता सम्पदा संरक्षणको दायित्व समाजका सबै वर्गको भएको बताए। जीर्णोद्वारका लागि गुठी संस्थानलाई पत्राचार गरिएको उनले बताए। 

महन्त पुरीका अनुसार शिवालयभित्रको स्वर्णजडित शिवलिङ्ग, शिवलिङ्गको स्वर्णजडित नाग, स्वर्णजडित पञ्चमुखी शिवलिङ्ग, सङ्गमर्मरद्वारा निर्मित औलिया बाबाको मूर्ति, पत्थरको द्वारा निर्मित अष्टभुजा  भैरवको मूर्ति, औलिया बाबाको गद्दी तत्काल जीर्णोद्वार गर्नुपर्ने भएको छ ।

धर्मशास्त्रले खण्डित मूर्ति पूजा गर्न नहुनेमा जोड दिएको उनले बताए। 

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १० : ५० बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय