लमजुङका दुई लाख २८ हजार पशुलाई खोप « Khabarhub

लमजुङका दुई लाख २८ हजार पशुलाई खोप


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ – भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०-८१ मा जिल्लाका आठ पालिकामा दुई लाख २८ हजार पशुमा खोप लगाइएको जनाएको छ । 

केन्द्रका निमित्त प्रमुख डा सुनिल न्यौपानेका अनुसार विभिन्न रोग नियन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको घरघरमा पुगेर बाख्रा, गाईभैँसी, बङ्गुर, कुकुरलाई खोप लगाइएको छ । 

गाइवस्तु, २९ हजार तीन सय ८६, भैँसी ५७ हजार सात सय छ, बाख्रा एक लाख १७ हजार तीन सय ४१, भेडा १६ हजार आठ सय ७९ वटा, बङ्गुर दुई हजार त सय ६९ र कुकुर चार हजार चार सय २१ वटामा खोप लगाइएको थियो । 

 सबैभन्दा बढी बेँसीसहर नगरपालिका र सबैभन्दा कम दूधपोखरी गाउँपालिकाका किसानका चौपायमा खोप लगाइएको छ । बेँसीशहरमा ३६ हजार एक सय ३२, दूधपोखरीमा १५ हजार चार सय १६ पशुचौपायामा खोप लगाइएको छ । 

त्यसैगरी सुन्दरबजार नगरपालिकामा ३२ हजार नौ सय ९१, राइनास नगरपालिकामा २६ हजार ३७, मध्यनेपाल नगरपालिकामा ३० हजार छ सय २४, दोर्दी गाउँपालिकामा ३४ हजार सात सय २८, मस्र्याङ्दी गाउँपालिमामा ३५ हजार सात सय ५४ वटा र क्व्होलासोथर गाउँपालिकामा १६ हजार सात सय १९ चौपायामा खोप लगाइएको छ ।

 खोप कार्यक्रम सञ्चालनका लागि ८१ खोपकर्ता सञ्चालन गरिएको थियो । 

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १ : ०३ बजे

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा