कात्तिक १० गते जनकपुरधाममा भूमि लोक महोत्सव हुने | Khabarhub Khabarhub

कात्तिक १० गते जनकपुरधाममा भूमि लोक महोत्सव हुने


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशको राजधानी जनकपुरधामलाई सांगितिक पर्यटनको प्रवर्द्धनमा योगदान पुर्‍याउनका लागि गरिँदै आएको भूमि लोक महोत्सव यस वर्ष कात्तिक १० गते आयोजना हुने भएको छ । जनकपुरधाममा महोत्सवको यो दोस्रो संकरण हुनेछ ।

भूमि फाउण्डेसनका अध्यक्ष रञ्जन झाले कार्तिक १० गते भूमि लोक महोत्सवको दोस्रो संकरणको आयोजना गरिने बताएका छन् । भूमि लोक महोत्सव जनकपुरधाम स्थित तिरहुतिया गाछीमा आयोजना हुने छ ।

सांगितिक क्षेत्रमा २५ वर्षदेखि आफ्नो पृथक पहिचान बनाएका रञ्जन झाको पहलकदमी र सक्रियतामा दोश्रो पटक आयोजना हुन लागेको भूमि लोक महोत्सवमा ख्याति प्राप्त संगित साधकहरूलाई जनकपुरधाममा भेलासमेत गराइने छ ।

यस महोत्सवको अवधिभर मधेश र मिथिलाको झल्को दिने विभिन्न लोक झाँकी प्रदर्शन गरिने छ भने विभिन्न स्टलहरुसमेत राखिने आयोजकले जनाएको छ । यस महोत्सवमा अन्तर्राष्ट्रियस्तरका सांगितिक प्रस्तुति हुने फाउण्डेशनका अध्यक्ष झाको भनाइ छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ४ : १० बजे

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर