प्रधानमन्त्रीले भने- मंसिरमा किसानलाई मल अभाव नहोस्, खरिद प्रक्रिया बढाइजानू « Khabarhub

प्रधानमन्त्रीले भने- मंसिरमा किसानलाई मल अभाव नहोस्, खरिद प्रक्रिया बढाइजानू


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो, आँकलन गरेर खरिद प्रक्रिया थाल्न निर्देश दिए ।

मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुदानमा रहेको छ । किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको थियो ।

ओलीले किसानलाई नाफा हुने खेती मात्रै गर्ने वातावरण सृजनाका लागि उपयुक्त जग्गामा सामूहिक खेती प्रणालीमा जान सुझाव दिँदै स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले माछापालन, दुध उत्पादन, सुन्तला, काजु, ल्वाङ र मसलालगायत उपयुक्त खेतीका लागि कहाँ कहाँ के के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउन निर्देशन दिए ।

उनले पशुुपंक्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन, आगामी तीन वर्षभित्र खोरेत रोग उन्मूलन गर्न, कालोबजारी रोक्न, अनुदानको निरन्तरता भन्दा लाभग्राहीले तिर्ने परिपाटीमा जान पनि सुझाए ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ५ : ५२ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली