धार्मिक आस्थाको केन्द्र गोसाइँकुण्ड (तस्बिरहरू) « Khabarhub

धार्मिक आस्थाको केन्द्र गोसाइँकुण्ड (तस्बिरहरू)


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

रसुवा– पर्यटकीय तथा धार्मिक महत्व बोकेको रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाका लागि भक्तजन पुग्ने क्रम जारी रहेको छ ।

गोसाइँकुण्डमा विशेषगरी दशहरा र जनैपूर्णिमाका गरी वर्षमा दुई पटक मेला लाग्ने गर्दछ । यस वर्षको जनैपूर्णिमा आगामी सोमबार परेको छ ।

संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न ठाउँबाट श्रद्धालुहरू गोसाइँकुण्ड पुग्ने गर्दछन् । त्यसकारण अन्य दिनहरूको तुलनामा भन्दा जनैपूर्णिमाका दिन कुण्डमा स्नान गर्ने, भगवान शिवको पूजाआराधना गर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति रहने गर्दछ ।

गोसाइँकुण्डका वरिपरि अन्य १०८ वटा कुण्ड रहेका छन् । जसमा भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्य कुण्डलगायत छन् ।

यहाँको प्राकृतिक बनावट र कुण्डहरूले गोसाइँकुण्डको गन्तव्यलाई निकै आकर्षक बनाउने गर्दछ, साथमा यात्राका क्रममा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्ने गर्दछ ।

धार्मिक दृष्टिकोणबाट गोसाइँ भगवान श्री शिवले समुन्द्र मन्थनबाट उत्पन्न कालकूट विषको डाह शान्त पार्न हिमालय खण्डमा आई आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा गंगाजल ९त्रिशूल धारा० उत्पत्ति भएपछि कुण्डमा शयन गरि चिसो पानीद्वारा विषको डाह शान्त पारेको हुँदा गोसाइँकुण्डमा त्रिशूली धाराको पानी गोसाइँ महादेवलाई सिंचन गर्न गएको किंवदन्ती रहेको छ ।

यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १० : २१ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा