धार्मिक आस्थाको केन्द्र गोसाइँकुण्ड (तस्बिरहरू) « Khabarhub

धार्मिक आस्थाको केन्द्र गोसाइँकुण्ड (तस्बिरहरू)


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

रसुवा– पर्यटकीय तथा धार्मिक महत्व बोकेको रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाका लागि भक्तजन पुग्ने क्रम जारी रहेको छ ।

गोसाइँकुण्डमा विशेषगरी दशहरा र जनैपूर्णिमाका गरी वर्षमा दुई पटक मेला लाग्ने गर्दछ । यस वर्षको जनैपूर्णिमा आगामी सोमबार परेको छ ।

संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न ठाउँबाट श्रद्धालुहरू गोसाइँकुण्ड पुग्ने गर्दछन् । त्यसकारण अन्य दिनहरूको तुलनामा भन्दा जनैपूर्णिमाका दिन कुण्डमा स्नान गर्ने, भगवान शिवको पूजाआराधना गर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति रहने गर्दछ ।

गोसाइँकुण्डका वरिपरि अन्य १०८ वटा कुण्ड रहेका छन् । जसमा भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्य कुण्डलगायत छन् ।

यहाँको प्राकृतिक बनावट र कुण्डहरूले गोसाइँकुण्डको गन्तव्यलाई निकै आकर्षक बनाउने गर्दछ, साथमा यात्राका क्रममा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्ने गर्दछ ।

धार्मिक दृष्टिकोणबाट गोसाइँ भगवान श्री शिवले समुन्द्र मन्थनबाट उत्पन्न कालकूट विषको डाह शान्त पार्न हिमालय खण्डमा आई आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा गंगाजल ९त्रिशूल धारा० उत्पत्ति भएपछि कुण्डमा शयन गरि चिसो पानीद्वारा विषको डाह शान्त पारेको हुँदा गोसाइँकुण्डमा त्रिशूली धाराको पानी गोसाइँ महादेवलाई सिंचन गर्न गएको किंवदन्ती रहेको छ ।

यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १० : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै