भीम रावलको टिप्पणी : कांग्रेस–एमाले गठबन्धन संविधानको मर्मविपरीत « Khabarhub

भीम रावलको टिप्पणी : कांग्रेस–एमाले गठबन्धन संविधानको मर्मविपरीत


१ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का नेता भीम रावलले कांग्रेस–एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको टिप्पणी गरेका छन् ।

शनिबार रिपोटर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले वर्तमान सरकार नेपालको संविधानको धारा २६९ को मर्मविपरीत रहेको बताएका हुन् ।

विपरीतसिद्धान्त भएका दुई ठूला दलहरूले सरकार बनाएकाले राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखेर राष्ट्रिय सुरक्षा, नेपालको सार्वभौमता, क्षत्रीय अखण्डता, कृषि, उद्योग, स्वास्थ्य, सञ्चार क्षेत्रमा काम गर्छन की गर्दैनन् भन्ने परीक्षाको रुपमा रहेको उनले बताए ।

उनले संविधान संशोधनमा एमाले–कांग्रेस स्पष्ट दृष्टिकोणका साथ अगाडि नबढेको प्रष्ट भएको बताए । त्यस्तै, उनले कांग्रेस–एमालेले भन्ने गरेको राष्ट्रिय सहमतिको व्यवस्था नेपालको संविधानमा नै नरहेको जिकिर गरे । उनले ठूला–ठूला भ्रष्टाचार र चुहावट रोक्न सरकारले कदम चाल्नुपर्ने बताए ।

उनले आफू अहिले पनि एमालेको सदस्य भएको भन्दै त्यसमा अटल रहेको बताए । 

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ६ : १९ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले