इंग्लिस प्रिमियर लिग : आर्सनलको सुखद सुरुवात « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलको सुखद सुरुवात


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा आर्सनलले सुखद सुरुवात गरेको छ । शनिबार राती सम्पन्न खेलमा वुल्भ्सलाई २–० गोलले पराजित गर्दै आर्सनल विजयी भएको हो ।

आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले एक–एक गोल गरेका थिए ।

खेलको २५औँ मिनेटसमा हावर्ट्जले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ७४औँ मिनेटमा साकाले गोल गर्दै आर्सनलको अग्रतालाई दोब्बर बनाए । त्यसपछि दुवै पक्षबाट थप गोल नहुँदा आर्सनल २–० गोलले विजयी भयो ।

यो जितसँगै आर्सनलले लिग तालिकामा महत्वपूर्ण तीन अंक जोडेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ६ : ५८ बजे

भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको भन्दै लालपुर्जा र नागरिकता माग्दै काठमाडौं आइपुगे सुस्तावासी

काठमाडौं– सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि मन्त्रीको अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले

पाँच सय जनाले पाए सुधारिएको चुलो

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर