इटालियन सिरी ‘ए’ : एसी मिलान र टोरिनोको बराबरी « Khabarhub

इटालियन सिरी ‘ए’ : एसी मिलान र टोरिनोको बराबरी


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान र टोरिनोले बराबरी खेलेका छन् ।

शनिबार राति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

एसी मिलानका लागि अल्भारो मोराटा र नोआ ओकाफरले गोल गरेका थिए । यस्तै, टोरिनोका लागि डुभान जोपाटाले एक गोल गर्दा अर्को एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो ।

खेलको ३०औं मिनेटमा एसी मिलानका मलिक थिअवले आत्मघाती गोल गरेपछि टोरिनोले सुरुवाती अग्रता लिएको थियो । यस्तै ६८औं मिनेटमा जोपाटाले गोल गर्दै मिलानको अग्रतालाई दोब्बर बनाए ।

खेलको ८९औँ मिनेटमा मोराटाले गोल गर्दै एसी मिलानलाई २–१ को स्थितिमा ल्याए । यस्तै, इन्जुरी समयमा ओकाफरले गोल गर्दै एसी मिलानलाई हारबाट जोगाउँदै टोरिनोसँग २–२ गोलको बराबरी गरे ।

सिरी ‘ए’ अन्तर्गत शनिबार नै भएका अन्य खेलमा इम्पोली र मोन्जाले गोलरहित बराबरी खेल्दा इन्टर मिलान र जिओनाले २–२ तथा फियोरेन्टिना पार्माले १–१ गोलको बराबरी खेले ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ८ : ४३ बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ