धरानमा असोज ३ गतेदेखि अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता हुने « Khabarhub

धरानमा असोज ३ गतेदेखि अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता हुने


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको धरानमा तेस्रो संस्करणको ‘सञ्जीवनी अन्तर्राष्ट्रिय फुटसल’ प्रतियोगिता हुने भएको छ । सञ्जीवनी केन्द्रको आयोजनामा आगामी असोज ३ देखि ५ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

सञ्जीवनी केन्द्रले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी सुरु भएको जनाएको छ । यो प्रतियोगिता कोशी प्रदेशको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

प्रतियोगितामा धरान, पोखरा, काठमाडौं, चितवन, झापा, मोरङका साथै भुटान, सिलगुडी, सिक्किम, दार्जिलिङबाट पनि टोलीहरू सहभागी हुने केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकारले जानकारी दिए ।

प्रतियोगितामा दर्ता हुन चाहने टिम र खेलाडीले लागुऔषध नियन्त्रण रोकथाम र उपचार क्षेत्रमा कार्यरत कुनै पुनर्स्थापना केन्द्रको प्रतिनिधित्व गरेर मात्र सहभागी हुन पाउने छन् ।

अध्यक्ष ताम्राकारका अनुसार दुर्व्यसनीमा फसेका युवाहरूलाई सामाजिकरण गर्नुका साथै भाइचारा कायम गर्न फुटसल प्रतियोगिता गराउँदै आएकोमा यो वर्ष ओपन रिकभरिङ टिम, भेट्रान टिमसहित महिला टिमको पनि छुट्टाछुट्टै प्रतिस्पर्धा राखिएको छ ।

प्रतियोगितामा ओपन रिकभरिङ समूहतर्फको उपाधि विजेता टिमले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । उपविजेताले नगद १ लाखसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ ।

भेट्रानतर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपैयाँ पुरस्कार रहेको छ भने महिलातर्फ प्रथम पुरस्कार २० हजार र दोस्रोले १० हजार रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतियोगितामा व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी र गोलकिपरले जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

केन्द्रले लामो समयदेखि लागुऔषधको दुव्यर्सनमा फसेका युवायुवतीलाई समाज र परिवारमा पुनर्स्थापित गर्न सुधारगृह मार्फत उपचार गर्दै आएको छ ।

सञ्जीवनी केन्द्र युवाहरूलाई लागुऔषध दुर्व्यसनीबाट मुक्त गराउन उपचार तथा मनोपरामर्शका लागि धरानकै युवाहरूको पहलमा २०६५ सालमा स्थापना भएको संस्था हो ।

धरान उपमहानगरपालिका– १३ मा कार्यालय रहेको केन्द्रले हालसम्म धरान, पोखरा, काठमाडौं, मोरङ, झापालगायत भारतका विभिन्न स्थानका लागुऔषध दुर्व्यसनी मध्ये दुईहजार भन्दा बढी युवाहरूलाई मनोपरामर्श तथा उपचार सेवा (उपचार) दिँदै आएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १ : ०० बजे

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन