भ्रष्ट व्यवस्था र शासकको अन्त्य गर्न आन्दोलन आवश्यक छ : कमल थापा « Khabarhub

भ्रष्ट व्यवस्था र शासकको अन्त्य गर्न आन्दोलन आवश्यक छ : कमल थापा


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि आन्दोलन आवश्यक भएको भन्दै राप्रपा नेपाललाई बलियो बनाउन जरुरी भएको बताएका छन् ।

आइतबार एक कार्यक्रममा बोल्दै थापाले असफल साम्यवाद र पुँजीवादको विकल्पमा सम्बर्द्धनवादको वैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नु आवश्यक भएको जिकिर गरे ।

थापाले भ्रष्टाचार, धर्म परिवर्तन, बेरोजगारी अन्त्य र सुशासनको लागि जनता जाग्नुपर्ने भन्दै विदेशी प्रभाव र दबाबबाट मुक्त गर्न स्वाधीनताको रक्षाको लागि आन्दोलन आवश्यक भएको थापाको भनाई छ ।

कार्यक्रममा डाक्टर विष्णु भण्डारी ,राजाराम बर्तौला, अम्मर केसी ,उज्ज्वल पोखरेल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ४ : ३३ बजे

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका