भ्रष्ट व्यवस्था र शासकको अन्त्य गर्न आन्दोलन आवश्यक छ : कमल थापा « Khabarhub

भ्रष्ट व्यवस्था र शासकको अन्त्य गर्न आन्दोलन आवश्यक छ : कमल थापा


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि आन्दोलन आवश्यक भएको भन्दै राप्रपा नेपाललाई बलियो बनाउन जरुरी भएको बताएका छन् ।

आइतबार एक कार्यक्रममा बोल्दै थापाले असफल साम्यवाद र पुँजीवादको विकल्पमा सम्बर्द्धनवादको वैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नु आवश्यक भएको जिकिर गरे ।

थापाले भ्रष्टाचार, धर्म परिवर्तन, बेरोजगारी अन्त्य र सुशासनको लागि जनता जाग्नुपर्ने भन्दै विदेशी प्रभाव र दबाबबाट मुक्त गर्न स्वाधीनताको रक्षाको लागि आन्दोलन आवश्यक भएको थापाको भनाई छ ।

कार्यक्रममा डाक्टर विष्णु भण्डारी ,राजाराम बर्तौला, अम्मर केसी ,उज्ज्वल पोखरेल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ४ : ३३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु