कुलमानलाई भ्रष्टाचार आरोप लगाएका रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी | Khabarhub Khabarhub

कुलमानलाई भ्रष्टाचार आरोप लगाएका रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचार आरोप लगाउँदै आएका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका सिन्धुलीका युवराज सफलले हाल टेलिभिजन कार्यक्रम सञ्चालक खरेलविरुद्ध अख्तियारमा आइतबार उजुरी दर्ता गराएका हुन् ।

‘पूर्वडीआईजी रमेश खरेलविरुद्ध अहिले भर्खरै नक्कली सुराकी श्रीमतीलाई लाखौँ सुराकी कमिसन दिएकाले अनुसन्धान गरि आवश्यक कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय ,टंगालमा उजुरी दर्ता गरेको छु’, युवराजले भनेका छन्, ‘२०४६ सालपछि नक्कली सुराकी खडा गरि करोडौं रुपैयाँ कमिसन खानेहरूबाट रकम असुल गरि राज्यकोषमा ल्याउन मागसमेत गरेको छु ।’

खरेलले यसअघि साउन २९ मा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

घिसिङले दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रुपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै उनले उजुरी दिएका थिए । कुलमानले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी विद्युत्‍को पीपीए गरेको जिकिर खरेलको थियो ।

कुलमानले आफ्नो कार्यकालमा ६६ कम्पनीसँग पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गर्दा कानुन मिचेको जिकिर खरेलले गरेका थिए । त्यसक्रममा राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको जिकिर पनि उनले गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ५ : ११ बजे

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन

सिनेजगतमा प्रवेश सजिलो तर दिगो टिक्न गाह्रोः राजेश हमाल

कर्णाली-नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति

पुनर्निर्माणका लागि खर्च कटौती गर्दै गण्डकी सरकार

गण्डकी- ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेका सरकारी संरचनाको पुनर्निर्माणका लागि

प्रयोगविहीन वृद्धाश्रममा मानसेवा आश्रम सञ्चालन गरिने

ढोरपाटन (बागलुङ)- निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन नसकेको