कुलमानलाई भ्रष्टाचार आरोप लगाएका रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी « Khabarhub

कुलमानलाई भ्रष्टाचार आरोप लगाएका रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचार आरोप लगाउँदै आएका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका सिन्धुलीका युवराज सफलले हाल टेलिभिजन कार्यक्रम सञ्चालक खरेलविरुद्ध अख्तियारमा आइतबार उजुरी दर्ता गराएका हुन् ।

‘पूर्वडीआईजी रमेश खरेलविरुद्ध अहिले भर्खरै नक्कली सुराकी श्रीमतीलाई लाखौँ सुराकी कमिसन दिएकाले अनुसन्धान गरि आवश्यक कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय ,टंगालमा उजुरी दर्ता गरेको छु’, युवराजले भनेका छन्, ‘२०४६ सालपछि नक्कली सुराकी खडा गरि करोडौं रुपैयाँ कमिसन खानेहरूबाट रकम असुल गरि राज्यकोषमा ल्याउन मागसमेत गरेको छु ।’

खरेलले यसअघि साउन २९ मा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

घिसिङले दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रुपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै उनले उजुरी दिएका थिए । कुलमानले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी विद्युत्‍को पीपीए गरेको जिकिर खरेलको थियो ।

कुलमानले आफ्नो कार्यकालमा ६६ कम्पनीसँग पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गर्दा कानुन मिचेको जिकिर खरेलले गरेका थिए । त्यसक्रममा राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको जिकिर पनि उनले गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ५ : ११ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण