फिल्म ‘देवी’को ट्रेलरमा अटायो निर्मला पन्तको घटना ! « Khabarhub

फिल्म ‘देवी’को ट्रेलरमा अटायो निर्मला पन्तको घटना !


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू महिलाहरुको पर्व तीजको अवसर पारेर प्रदर्शनमा आउने लागेको फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार कमलपोखरीस्थित एक हलमा कार्यक्रमको आयोजना गरी २ मिनेट ३९ सेकेण्डको ट्रेलरले सार्वजनिक गरेको हो ।

समाजमा घट्ने बलात्कारजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथामा फिल्म बनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

फिल्ममा ६ वर्षअघि बलात्कारपछि हत्यामा परेकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको घटनामा पनि फिल्ममा समेटिएको ट्रलरले खुलाउँछ ।

फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।

कोरोना अगाडिबाट नै सुरु गरेको काम भर्खरै सम्पन्न भएकोमा निर्देशक राईले खुशी व्यक्त गरे । उनले यो फिल्म आफ्ना लागि पनि विशेष भएको बताए ।

राईले भने, ‘प्रोफेसनल फोटोग्राफर भए पनि आफ्नो बच्चादेखिको सपना पूरा गर्न मैले यो फिल्म बनाएको हो । विभिन्न उत्तारचढाव आए पनि अब प्रदर्शन हुने भएको छ । खुशी छु ।’

विभिन्नरुपले कर्मसियल फिल्म गर्न सुझाव आए पनि समाजिक घटनाको कथामै काम गर्ने ढिपीले यो फिल्म बनेको उनको भनाइ छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको यस फिल्म निर्देशक राई र अजय गौतम मिलेर लेखेका हुन् । निर्देशक राईलाई निर्माणमा सिनेमाकी मुख्य पात्र शिल्पा मास्केले पनि सघाएकी छन् । उनी फिल्मको सह-निर्माता हुन् ।

‘देवी’एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माण टिमले प्रदर्शनका लागि बाँसुरी फिल्मस्सँग सहकार्य गरेको छ ।

फिल्मको प्रदर्शन मिति भदौ २१ गतेलाई तोकिएको छ ।

हेर्नुहोस् ट्रलेर :

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ७ : ३५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका