फिल्म ‘देववाणी’ को गीत ‘तिमीलाई सधैँ भरी’ मा रोमान्टिक भावमा कुन्दन र अनुजा « Khabarhub

फिल्म ‘देववाणी’ को गीत ‘तिमीलाई सधैँ भरी’ मा रोमान्टिक भावमा कुन्दन र अनुजा


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाबु साहेब बलामीको निर्देशन रहने फिल्म ‘देववाणी’को पहिलो गीत ‘तिमीलाई सधैँ भरी’ सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार जमलस्थित एक फिल्म हलमा कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरेको हो ।

निर्माण पक्षले यो गीतको छायांकन भारतमा  भएको जानकारी दिएको छ । भिडियोमा नायक कुन्दन भारद्वाज र नायिका अनुजा लेप्चालाई रोमान्टिक भावमा देख्न सकिन्छ । भारतको सुन्दर स्थानले भिडियोको ओझ बढाएको छ । यस गीतमा तेन्जु योञ्जनको कोरियोग्राफी छ ।

फिल्मको प्रदर्शन मिति मंसिर ७ लाई तोकिएको छ । फिल्म नेपाली र हिन्दी भाषामा बन्ने निर्माण पक्षले जानकारी दिएको छ ।

यसमा कुन्दन र अनुजासहित सुनील थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनको अभिनय रहनेछ ।

यो फिल्ममा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद रहेको छ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता मिना खड्का र हिराबहादुर लेप्चा हुन् । कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् ।

हेर्नुहोस् गीत :

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ७ : २६ बजे

आईसीसी लिग–२ : युएईले बलिङ रोज्दा नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल, युएई र ओमानबीचको

आगलागीमा एक जनाको मृत्यु

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी

प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमवासीहरू (तस्बिर)

काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र खाली (सुकुम्बासी बस्ती) डोजर लगाएर

अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास, ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै

काठमाडौँ– अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका