अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजरायलमा, बन्धक रिहाइसम्बन्धी सम्झौतामा छलफल गरिने « Khabarhub

अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजरायलमा, बन्धक रिहाइसम्बन्धी सम्झौतामा छलफल गरिने


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् । उनले आज दिउँसो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

भेटमा गाजामा इजरायल र हमासबीचको युद्धविरामलाई लिएर दुई नेताबीच छलफल हुने बताइएको छ । साथै बन्धक रिहाइसम्बन्धी सम्झौताका विषयमा पनि छलफल हुनेछ ।

यस वार्ताको एउटा उद्देश्य इरान र इजरायलबीचको मध्यपूर्वमा बढ्दो तनाव कम गर्नु रहेको समेत उल्लेख गरिएको छ । यसअघि अगस्ट १५ र १६ मा दोहामा इजरायल, अमेरिका, कतार र इजिप्टका प्रतिनिधिबीच युद्धविरामका लागि वार्ता भएको थियो ।

हमास भने यस वार्तामा सहभागी भएन । वार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविराम सम्झौताको धेरै नजिक पुगेको बताएका थिए । यद्यपि हमासले युद्धविराम सम्झौतामा नयाँ शर्तहरू समावेश गरेकोमा विरोध गरेको छ ।

युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता यसै साता इजिप्टमा हुने भएको छ । यी वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल आइतबार साँझ इजिप्ट प्रस्थान गरेको थियो । युद्धविरामका लागि जारी सबै प्रयासका बीच इजरायलले गाजामा गरेको कारबाहीमा कुनै कमी आएको छैन।

आइतबार मात्र गाजामा इजरायली हमलामा २५ प्यालेस्टाइनीको मृत्यु भएको, जसमा एक महिला र उनका ६ बालबालिका पनि रहेको उल्लेख गरिएको छ ।

अर्कोतर्फ इजरायलले लेबनानमा पनि आक्रमण गरिरहेको छ । आइतबार दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो । यस आक्रमणमा अन्य ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १ : ३८ बजे

हर्क साम्पाङले भने- निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने

एनपीएल २ : यी तीन खेलाडीले जिते बाइक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा तीन

एनपीएल–२ : विजेता टोलीका कप्तान रोहितले जिते कार

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को उत्कृष्ट

पुरानै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास पाउदैन : लेखनाथ दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता लेखनाथ दाहालले पुरानै तरिकाको निर्वाचनबाट

एनपीएल-२ : ड्रोनबाट यस्तो देखियो कीर्तिपुर क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा सुदूरपश्चिम