उपप्रधानमन्त्री सिंहले भने- संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजिएको होइन  | Khabarhub Khabarhub

उपप्रधानमन्त्री सिंहले भने- संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजिएको होइन 


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन् । 

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) जनताको अधिकारका लागि लडेको दल भएको जिकिर गरे । 

उनले भने, ‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश व्यवस्था कटौती गर्छ भन्ने दुष्प्रचार भइरहेको छ, कांग्रेस र एमाले अधिकारका लागि लडेको दल हो, यी दुई दल सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन ।’

राजनीतिक स्थायित्व दिन कांग्रेस एमालेसँग मिलेको उपप्रधानमन्त्री सिंहले बताए। 

‘सात/आठ महिनामा सरकार परिवर्तन भइराख्ने, टिक्ने वा नटिक्ने अन्योलमा रहने सरकारले केही गर्न नसक्ने भएकाले ठूला दुई दल मिलेको छौँ, यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको छ, अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउँछ ।’

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  २ : १५ बजे

संसद् पुर्नस्थापनाबारे सर्वोच्चमा रिटलगत्तै सभामुखले बोलाए १० दलको बैठक

काठमाडौँ- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले १० राजनीतिक दलको बैठक

देउवाको गुनासो : घर जलाएर मात्रै पुगेन, हाम्रो प्रतिष्ठा र छवि गिराउन झूटो प्रचार गरियो

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते

‘विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यक’

पाटन– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

जेनजीका नाममा सरकारी निकायमा आतङ्क, मूकदर्शक सरकार

काठमाडौं– पछिल्लो समय जेनजीका नाममा विभिन्न संवैधानिक तथा सरकारी कार्यालयका

एन्फाले शहीद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन