परराष्ट्र मन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता | Khabarhub Khabarhub

परराष्ट्र मन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार दिउँसो त्यहाँस्थित समकक्षी एस. जयशंकरसँग भेटवार्ता गरेकी छन्।

सोमबार दिउँसो दुईजना नेताबीच नयाँ दिल्लीमा वार्ता भएको हो । भेटपछि राणाले जयंशकरसँग दुई देशबीचका बहुआयामिक सम्बन्ध, नेपाल-भारत सम्बन्धका विविध पाटा, एकअर्काबीचको सहकार्य र तिनका सम्भावनाबारे कुरा भएको जानकारी दिएकी छन् ।

राणाले  शताब्दीऔँ पुरानो नेपाल-भारत सम्बन्धलाई अझे बलियो बनाउन यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने पनि अपेक्षा राखेकी छन् ।

उता सोमबार नै साढे ७ बजे परराष्ट्रमन्त्री राण र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुने तालिका छ ।

परराष्ट्रमन्त्री राणा असार ३० गते नयाँ सरकार बनेयता पहिलो पटक भारत भ्रमणमा गएकी हुन् । यो भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भ्रमणको टुंगो गर्नेछिन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो पनि हस्तान्तरण गर्ने छिन्।

परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी डा. एस. जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली दिल्ली पुगेकी हुन् ।

मन्त्रालयले जयशंक र मोदीसँगको भेटवार्तामा नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल हुने जनाएको छ ।

मन्त्री राणाको भ्रमणअघि नै भारतीय विदेश मन्त्रालयले नेपाललाई निकट छिमेकीका रुपमा आफ्नो प्राथमिकतामा राखेको जनाएको थियो।

‘भारतको छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिक साझेदार हो’, विदेशमन्त्रालयले भनेको थियो, ‘परराष्ट्रमन्त्री राणाको आशन्न भ्रमणमा द्विपक्षीय सहयोगका प्रगतिबारे छलफल र समीक्षा गर्ने अवसर दिनेछ । यसबाट दुई छिमेकीबीचको सम्बन्धलाई अझ अगाडि बढाउन मद्दत मिल्नेछ ।’

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  २ : ३१ बजे

मनहरी दुर्घटनामा थप एकको मृत्यु

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा आज

‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे

कैलाली – ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८

उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न

काठमाडौं – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन

धनुषा – विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी