भारतीय प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाँदै | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाँदै


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको भ्रमण गर्न लागेको भारतीय विदेश मन्त्रालयले जानकारी गराएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनलाई अँगालो हालेको भन्दै युक्रेनले आलोचना गरेको केही हप्तापछि उनको सो भ्रमण तय भएको हो ।

भारतीय विदेश मन्त्रालयले भ्रमणको मिति भने खुलाएको छैन तर भारतीय सञ्चारमाध्यमका अनुसार पोल्याण्ड र युक्रेनको यो भ्रमण यसै साताको अन्त्यमा हुनेछ ।

मस्कोसँग आफ्नो देशको ऐतिहासिक न्यानो सम्बन्ध कायम राख्ने र क्षेत्रीय प्रतिद्वन्द्वी चीनविरुद्ध पश्चिमा राष्ट्रहरूसँग घनिष्ठ सुरक्षा साझेदारी कायम गर्नेबीचको सन्तुलनलाई कमजोर बनाएको आरोप उनका आलोचकहरूले लगाउने गरेका छन् । 

उनको सरकारले द्वन्द्व सुरु भएको दुई वर्षभन्दा बढी अवधिमा युक्रेनमा रूसले गरेको आक्रमणको स्पष्ट विरोध गरेको छैन तर दुवै पक्षलाई वार्ताका माध्यमबाट आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको छ ।

जुलाईमा युक्रेनका विभिन्न शहरमा रूसी आक्रमणका कारण तीन दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र किएभस्थित एक बाल अस्पतालमा ठूलो क्षति भएको केही घण्टापछि मोदीको मस्को भ्रमण भएको थियो

भारत र रूसबीच शीतयुद्धदेखि नै घनिष्ठ सम्बन्ध रहँदै आएको छ, जसका कारण क्रेमलिन भारतलाई हतियार उपलब्ध गराउने प्रमुख राष्ट्र बनेको छ ।

युक्रेन द्वन्द्व सुरु भएदेखि रूस  मूल्य कटौतीसहितको कच्चा तेलको भारतका लागि प्रमुख आपूर्तिकर्ता बनेको छ । यसले पश्चिमी प्रतिबन्धहरू लगाएपछि धेरै आवश्यक निर्यात बजार प्रदान गरेको छ ।

यसले उनीहरूको आर्थिक सम्बन्धलाई नाटकीय रूपमा पुनः संरचना गरेको छ । भारतले मस्कोको युद्ध कोषलाई बलियो बनाउन सहयोग गरेको छ भने सहुलियत दरको कच्चा तेलको आयातले भारतको अर्बौँ डलर बचत गरेको छ ।

तर रूसको युक्रेनसँगको लडाइँमा भारतको पनि मानवीय क्षति भएको छ । 

नयाँदिल्लीले रूसी सेनासँग ‘सहयाग रोजगार’ को लागि सम्झौता गरेका तर पछि युक्रेनमा फ्रन्टलाइनमा लड्न पठाइएका व्यक्तिको सुरक्षाका लागि मस्कोलाई आफ्ना धेरै नागरिकहरू फिर्ता गर्न दबाब दिएको छ । यस द्वन्द्वमा कम्तीमा पाँच भारतीयको मृत्यु भएको छ ।

पश्चिमा शक्तिहरूले चीन र एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावविरुद्ध भारतसँग बलियो सम्बन्ध विकास गरेका छन् भने नयाँ दिल्लीलाई रूसबाट टाढा रहन दबाब दिइरहेका छन् ।

भारत अमेरिका, जापान र अष्ट्रेलियासँग क्वाड समूहमा सामेल छ जसले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो आक्रामकताको विरुद्धमा आफूलाई उभ्याएको छ ।

मोदीले सन् २०१९ मा पनि रूसको भ्रमण गरेका थिए र त्यसको दुई वर्षपछि नयाँ दिल्लीमा पुटिनलाई स्वागत गरेका थिए । त्यसयता भारत रूसको स्पष्ट निन्दाबाट पछि हटेको छ र क्रेमलिनलाई लक्षित गर्ने संयुक्त राष्ट्रसङ्घको प्रस्तावमा अनुपस्थित रहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  २ : ५० बजे

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ

काठमाडौं– साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी

सुक्खा पहिरोले सिद्धिचरण राजमार्ग अवरुद्ध

उदयपुर– सुक्खा पहिरोले सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्ड अवरुद्ध भएको

परम्परागत संस्कृतिको रक्षा गर्न दशैँमा लिङ्गेपिङ

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दशैँलाई थप उल्लासमय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

झापा– झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा

दीपक कोइरालालाई प्रश्न : यो दशैँमा बिदा पाउनुभयो ?

काठमाडौं – दशैँका बारेमा अनगिन्ती गीत बनेका छन् । तर