कुमार पौडेल हत्याको पूर्ण प्रतिवेदन १५ दिनभित्रः मानव अधिकार आयोग « Khabarhub

कुमार पौडेल हत्याको पूर्ण प्रतिवेदन १५ दिनभित्रः मानव अधिकार आयोग


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला ईन्चार्ज कुमार पा‌ैडेलकलो हत्यासम्बन्धि प्रतिवेदन १५ दिनभित्र सार्वजनिक गर्ने बताएको छ ।

जनअधिकार अभियान नेपालले मोरङको विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगका सदस्य गोविन्द शर्माले बढीमा १५ दिनमा पूर्ण रिपोर्ट सार्वजनिक गर्ने बताए ।

उनले भने,‘सर्लाहीमा भएको घटनाको हामी बढीमा १५ दिनभित्र प्रतिवेदन सार्वजनिक गर्छौ ।’

यसअघि प्रारम्भिक रिपोर्ट सार्वजनिक गर्दै कुमार पौडेलको गैरन्यायिक हत्या भएको बताएको थियो। सदस्य शर्माले संसदले कुमार हत्याकाण्डको छानविनमा हस्तक्षेप गर्न खोजेको भन्दै असन्तुष्टि जनाए ।

उनले भने, ‘हामीले छानविन गरिरहेकाबेला संसदीय समितिको कुरो आयो यो त भएन, यो निष्पक्ष छानविनमाथि हस्तक्षेप हो, संसदले न हामीलाई निर्देशन दिन मिल्छ न त अरू किन चाहीयो छानविन समिति ? यो गलत छ ।’

उनले राजनीतिक दलहरूले आफूलाई चाहिंदा मात्रै मानवअधिकारको कुरा गर्ने गरेको आरोप लगाए । अहिले सरकारले मानवअधिकार आयोगका सुझाव १२ प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै आश्चर्य व्यक्त गरे ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ८ : ५८ बजे

लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको