कुनै एक सिंह जोडी बच्चा जंगलमा छाडेर कतै टाढा सिकार गर्न गए। अबेरसम्म नफर्किएपछि तिनका बच्चा भोकले छटपटाउन थाले। त्यसैबेला संयोगवस एउटा माउ बाख्रा चर्दै त्यहीँ आइपुग्यो। उसले सिंहका बच्चालाई आफ्नो दूध चुसायो। दूध खान पाएपछि सिंहका बच्चा दंग भएर खेल्न थाले। निकै ढिला गरी सिंह जोडी बच्चा भएको ठाउँमा आइपुगे। आफ्नो अगाडि माउ बाख्रा देखेर रातो आँखा पार्दै सिंहले आक्रमण गर्न खोज्यो। बच्चाले प्रतिवाद गर्दै सम्झाए– ‘उहाँले हामीलाई आफ्नो दूध खुवाएर धेरै ठूलो गुन लगाउनुभएको छ, अन्यथा हामी यतिबेलासम्म मरिसकेका हुन्थ्यौँ। त्यसैले गुनको बदला त्यस्तो घात गर्नु अपराध हो।’
बच्चाको कुरा सुनेर सिंहले खुसी हुँदै भन्यो- ‘हामी तिम्रो गुन कहिल्यै बिर्सने छैनौं, स्वतन्त्र ढङ्गले यो जंगलमा घुमफिर गर। मैले यसअघि गरेको व्यवहारप्रति क्षमा चाहन्छु।’ त्यो दिनदेखि बाख्रा जंगलमा निडर भएर चर्न थाल्यो। यतिसम्म कि सिंहको ढाडमा चढेर डाले घाँस खानेसम्मको निकटता हुन थाल्यो। यसखाले पत्याउनै नसकिने दृश्य देखेर चीलले बाख्रालाई मित्रताको रहस्य सोध्यो। उसले गुनको महत्त्व थाहा पायो। चीलले आफ्नो जीवनमा यस्तै प्रयोग गर्ने सोचेर दलदलमा फसेका मुसाका बच्चालाई दुई खुट्टाले समातेर सुरक्षित स्थानमा पु-यायो। उसले चिसोले काम्दै गरेका मुसाका बच्चालाई पखेटाभित्र न्यानो दिएर राख्यो।
मुसाका बच्चा खतरामुक्त भएपछि जब चील उड्न लाग्यो, विडम्बना अहँ उड्नै सकेन। यसो फर्किएर आफ्नो शरीर हेर्छ त पखेटा सबै स्वाहा। मुसाका बच्चाले उसको पखेटा टुक्राटुक्रा पारेर काटिसकेका थिए। यो घटना चीलले माउ बाख्रालाई सुनायो- ‘तिमीले पनि गुन लगायौ, मैले पनि गुन लगाएँ तर यो नतिजा किन फरक फरक ?’ माउ बाख्राले गम्भीर भएर भन्यो- ‘मुसा कायर हुन्छन्। कायरले गुन सम्झिँदैनन। त्यस्ताले गुन बिर्सनुलाई बहादुरी ठान्छन्। सिंह बहादुर थियो, त्यसैले उसले गुन बिर्सिएन। गुन मुसा हैन, सिंहलाई लगाउनुपर्छ। गुन कायर नभई बहादुरलाई लगाउनु पर्दछ।’
६५ वर्षअघि अमेरिकी राष्ट्रपति आइजनहावर मस्तिष्कघातको उच्च जोखिममा रहँदा रहँदै राजा महेन्द्रलाई स्वागत गर्न हेलिकोप्टर चढेर विमानस्थल पुगेका थिए। सयौं स्वागतद्वार बनाएर अमेरिकी नागरिक बुके बोकेर सडकमा आएका थिए। अमेरिकी राष्ट्रपति राजाको स्वागतमा विमानस्थल नगए भ्रमण नै रद्द गर्ने नेपाल सरकारको चेतावनी लिएर पहिलो सभामुख कृष्णप्रसाद भट्टराई दूतावास पुगेपछि अमेरिकी सरकार यस्तो दबाबमा परेको थियो। यही प्रकरणपछि अमेरिकी सरकारले प्रतिकूल अवस्थामा राष्ट्र प्रमुखले समकक्षीको स्वागत गर्ने कानुन परिमार्जन गरेको थियो। साढे ६ दशकअघि नेपालको त्यो सशक्त कूटनीति देखेकाहरु जीवितै रहँदा हालका क्रान्तिकारी सरकार प्रमुख घन्टौ उभिएर अमेरिकी राष्ट्रपतिसँगको फ्रेममा समेटिँदा नेताहरुको जयजयकार चल्ने गरेको छ। हरेक पूर्व प्रधानमन्त्रीको आफ्नो बैठक कक्षको सौन्दर्य बुटी भनेकै यही फोटो हुने गरेको छ।
मार्क्स, लेनिन, माओवाद जे घोके पनि नेपालका कम्युनिस्ट नेताका लागि अन्तिम तीर्थ युरोप, अमेरिका र भारत हुने गरेको छ। अझ नेपालका नेता त तेस्ता मुसा हुन, व्यक्तिगत-पार्टीगत स्वार्थका लागि जसको प्वाँख काट्न पनि तत्पर हुन्छन्।
मार्क्स, लेनिन, माओवाद जे घोके पनि नेपालका कम्युनिस्ट नेताका लागि अन्तिम तीर्थ युरोप, अमेरिका र भारत हुने गरेको छ। अझ नेपालका नेता त तेस्ता मुसा हुन, व्यक्तिगत-पार्टीगत स्वार्थका लागि जसको प्वाँख काट्न पनि तत्पर हुन्छन्। धोकाका पर्यायवाची यिनीहरुका अगाडि वेद, कुरान, बाइबल, त्रिपिटकका ग्रन्थ समेत निरीह बनेका छन्। त्यसो त राजनीतिको खोल ओढेर उताउलिनेको पखेटा बारम्बार काटिएका उदाहरण छन्। राजनीतिको आडमा पानीमा पानी लेख्न खोज्दा धेरै पछारिएका छन्।
चोरी औंलो उठाएर ‘म नै राज्य हुँ’ भन्ने सोच पालेका गिरिजाप्रसाद कोइराला जब गल्ती महसुस गर्ने अवस्थामा आए, त्यसपछि जीवनको उत्तराद्र्धमा मलामी बटुल्न सफल भए। यद्यपि राजनेता हुने मौकामा पटक पटक चुके। प्रधानमन्त्री खान राइटर बाजे, लक्ष्मण खड्काको कुम कुम पुग्नेदेखि ब्रम्हनालमा आमाको शव छोडेर मयलपोस सुरुवाल लाउन चम्किएका माधवकुमार नेपालले पटक पटक राजनीतिमा हण्डर खाए। इतिहासले लौह पुरुष बनेका गणेशमान परिवारलाई राजनीतिक ब्याज ख्वाउने कसरतमा लागेकैले जिन्दगीभर विरुवाबाटै पानी हालेर बनाएको रुख छोडी हात्ती छापको वियोगान्त कथामा खुम्चिएर सकिए।
इतिहासको भट्टीमा गालिएको कृष्णप्रसाद भट्टराईजस्ता व्यक्तित्व गोहीको आँसुमा सीमित बन्यो। राजनीतिक दाउपेचमा दरो उपस्थिति बनाएपछि आफूलाई सिंह ठानेर पार्टी फुटाएका बामदेवको उत्तराद्र्ध मेलामा हराएको बालकजस्तै निरीह बन्यो। डडेलधुराको रुवाखोलामा जन्मिएका शेरबहादुर नारायणहिटी धाउन थालेपछि ओढाइएको बाघको खोलको न्यानोले आफूलाई श्री ३ ठानेर के दल टुक्र्याएका थिए। ज्ञानेन्द्रले खोटा हानेपछि लागेको टुटुल्को सुम्सुम्याउँदै फेरि सानेपामा मिसिए। देउवाको साढे ६ दशकको राजनीति यात्रा जुनसुकै पदमा आसीन भएपनि पत्नीकै कारण धुलिसात हुने जोखिम उत्तिक्कै छ।
जनअनुमोदनबिना अप्रिय अवस्थामा राजा हुने मौका छोप्दा ज्ञानेन्द्रका लागि श्रीपेच नाटकको पहिरनजस्तै बन्यो। जनताको संगठन हुँदैन, तर सबैको हिसाब किताब तिनीहरुले राखेका हुन्छन्। नेपाल सिंगापुर जस्तो हैन, नेपालजस्तै बनाउनुपर्छ भन्ने अकाट्य सत्य बुझेका जनताले किसुनजीको बोली हावामा उडाइदिए।
जनअनुमोदनबिना अप्रिय अवस्थामा राजा हुने मौका छोप्दा ज्ञानेन्द्रका लागि श्रीपेच नाटकको पहिरनजस्तै बन्यो। जनताको संगठन हुँदैन, तर सबैको हिसाब किताब तिनीहरुले राखेका हुन्छन्।
नेपाललाई स्वीट्जरल्याण्ड बनाउन विकासको मूल फुटाउने कागजी बाघमा लागेका पञ्चको नाटकीय डाइलगले पञ्चायत नै सिलटिमुर खायो। सलादजस्तो मिलेको समाजबाट फलफूलका टुक्रा चुडेर स्वार्थको रोटी सेक्नेहरु बढारिँदै जान थालेका छन्।
नेपालको राजनीतिक इतिहासमा राजा महेन्द्र र बीपीको जस्तो मेल अपवाद नै थियो। कतिसम्म भने अन्तर्राष्ट्रिय मञ्चमा बोल्दा राजा आफ्नो प्रधानमन्त्रीको खुलेर प्रशंसा गर्थे। कतै गयो कि बीपी र पत्नी सुशीलालाई उपहार ल्याइदिन्थे। रानीले आफ्नै हातले पकाएको खाना ख्वाउन बीपी निम्त्याइन्थे। तर एकाएक त्यो सम्बन्ध यसरी बिग्रियो कि जसका कारण त्यसको पीडा दशकौंपछि पनि सम्पूर्ण देशले भोग्नुपरेको छ। दुई शक्तिलाई लडाएर नेपाली मनोविज्ञानमा खेल्ने देशी विदेशीले पुरै देश अवन्नतिको गर्तमा पु-याए।
नेपाली समाजमा रामको गाथा गाउनेको संख्या धेरै छ। तर तिनै रामले लक्ष्मणलाई आफूले मारेका रावणको खुट्टा ढोग्न लगाएर ज्ञानको कदर गरेका थिए। राम राज्यको आँखाबाट रावण राक्षस भएपनि उनी यति विद्वान थिए कि उनले त्यतिबेलै दुईवटा कृति लेखेका थिए। उनको उसबेलाको योजना आयोगले सुनको सिंढी बनाएर स्वर्ग र मत्र्यलोक जोड्ने, जमरामा मकै फलाउने र समुद्रको पानी गुलियो बनाउने योजना थियो। युद्धको नियमलाई उनले कति पनि उल्लंघन गरेनन्। रामराज्यका जनता बदमासी गरेपछि आफैं जेल जान्थे।
त्यही विधि विधान पढेका हाम्रा राजनीतिहरु ज्यानमारा र अपराधीलाई माफी मिनाहा गराउन सक्रिय छन्। पढ्न त सबैले पढ्छन्। प्रश्न हो- पढाइ अनुकूलको व्यवहार हुन्छ या हुँदैन ? भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलाम प्रत्येक दिन नमाज पढेपछि सितार बजाएर राम धूनमा रमाउँथे। यो चाहिँ पो हो त पढाइको सामर्थ्य। खोई उनको विद्वतामाथि कसले शंका गरेको छ ?
पढ्न त सबैले पढ्छन्। प्रश्न हो- पढाइ अनुकूलको व्यवहार हुन्छ या हुँदैन ? भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलाम प्रत्येक दिन नमाज पढेपछि सितार बजाएर राम धूनमा रमाउँथे। यो चाहिँ पो हो त पढाइको सामर्थ्य। खोई उनको विद्वतामाथि कसले शंका गरेको छ ?
साहरुख खानलाई ट्वीटमा पछ्याउनेको संख्या साढे एघार करोड छ। उनले हिन्दु समुदायकी जीवनसाथी रोजेका छन्। छोराको नाम अविराम राखेका छन्। उनको कलामा प्रश्न उठाएको कसैलाई थाहा छैन। बरु उनको ख्याती झन्झन् बढ्दो छ। अर्का खान सलमानकी बहिनीको बिहे हिन्दु केटासँग भयो। मानव जीवनको सबैभन्दा शक्तिशाली विवेकको नेत्र हो। भएको तर्क सकिएपछि गर्ने कुतर्कले हाम्रा नेताहरुलाई झन्झन् निर्धो र भद्दा बनाउँदै लगेको छ। सत्यलाई कुतर्कको पर्दाले कहिल्यै छेक्न सक्दैन। बरु झन्झन् नाङ्गिन्छ। रहर र कहरमा पढेका कोरा ठेलीलाई शास्त्रीय मान्यता ठानेर सधैं ढुंगाको अक्षर बनाउन खोज्नु भनेको समयको रफ्तार नबुझ्नु हो।
अबको १५ वर्षभित्र चीनले अमेरिकीलाई उछिन्ने प्रक्षेपण स्वयं पश्चिमाले गर्न थालेका छन्। माओत्सेतुङको राजनीतिक आतंकलाई देङ सियाओ पिङको आर्थिक दूरदृष्टिले पाखा लगाइदिएको छ। सद्दाम हुसेनको सालिक बनाउन खुन, पसिना चुहाएका इराकीले घन चलाएर सालिक भत्काए। स्वतन्त्र बंगलादेशका पितामह मुजिबर रहमानको सालिकले पनि उही गति समात्यो। दशकौंदेखि नेपाली जनताले भाले नबास्दै कन्यादानको मण्डप छोडेर मतदानमार्फत आफ्ना प्रतिनिधि चुने। हजुरबादेखि नातिपुस्तासम्म नेताको इशारामा नाचे। नेता हिँडेको माटोलाई चन्दन माने।
नेताको बोलीलाई बेद, त्रिपिटक, बाइबल र कुरान ठाने। जब हजुरबाले देखेको समाजवादको फल नातिले अरबको तातोमा बेल्चा चलाउनु परेको तीतो यथार्थमा मुर्झाएको देखे त्यसपछि तीन पुस्ताको मन एकसाथ भरंग भयो। परिणाम के भयो भने देश छ, अभिभावक छैनन। घर छ, बा आमा छैनन। पार्टी छ, नैतिकता छैन। समाज छ, एकता छैन। धर्म संस्कृति छ, विश्वास छैन। कानुन छ न्याय छैन। देशभक्त पछारिएका छन्, राष्ट्रघाती अघि सरेका छन्। पढ्नुको अर्थ बुझनु मात्र होइन, जान्नु पनि हो, अर्हाउनु मात्र ठूलो होइन, मान्नु पनि हो, मानव हुनुका गुण धेरै होलान तर धेरै मध्ये सत्य असत्य छान्नु पनि त हो।
पढ्नुको अर्थ बुझनु मात्र होइन, जान्नु पनि हो, अर्हाउनु मात्र ठूलो होइन, मान्नु पनि हो, मानव हुनुका गुण धेरै होलान तर धेरै मध्ये सत्य असत्य छान्नु पनि त हो।
जतिसुकै बलवान भएपनि अधर्मको साथ छ भने विद्या, अस्त्र, शस्त्र, शक्ति र वरदान सबै निष्फल भएर जान्छ भन्ने महाभारतका उम्दा पात्र कर्णबाट पुष्टि हुन्छ। सन्तान यति धेरै महत्वाकांक्षी नबनाउनुस कि विद्याको दुरुपयोग गरी स्वयंलाई नास गर्ने अश्वत्थामा पात्रको फैलावट होस। बरु डोजर बन्नुस। अरु गाडी खुब पल्टिन्छन तर डोजर पल्टिदैन नि थाहा छ, जो अरुले खनेको बाटो हिँड्छन् ती लड्छन जो आफू बाटो खन्दै हिँड्छ उनीहरु कहिल्यै लड्दैनन।
राम्रो दिनभन्दा राम्रो सम्बन्ध सम्हालेर राख्नु किनकी राम्रो सम्बन्धले राम्रो दिन ल्याउन सक्छ तर राम्रो दिनले राम्रो मान्छे ल्याउन सक्दैन। जन्म हुँदा सास हुन्छ नाम हुँदैन, मृत्यु हुँदा नाम हुन्छ सास हुँदैन। यही सास र नाम बीचको यात्रा नै जीवन हो। यही जीवन अरुका लागि कति उपयोगी बनाउन सक्नुहुन्छ, यसैमा तपाईंको उकालो र ओरालोको कसी लाग्नेछ।
प्रतिक्रिया