प्रदीप गिरिको दोस्रो स्मृतिमा कार्यक्रममा प्रचण्ड नजाने « Khabarhub

प्रदीप गिरिको दोस्रो स्मृतिमा कार्यक्रममा प्रचण्ड नजाने


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिको दोस्रो स्मृतिमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी नहुने भएका छन् ।

‘स्कुल अफ डेमोक्रसी’ नामक एक संस्थाले नेता गिरिको दोस्रो स्मृति दिवसको अवसरमा आयोजना गर्न लागेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उपस्थिति नहुने भएका हुन् ।

यसअघि उक्त कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मञ्च शेयर गर्ने भनिएको थियो ।

तर, प्रचण्डको सचिवालयले अन्तिम समयमा आएर कामको व्यवस्तता देखाउँदै उक्त कार्यक्रममा उनी उपस्थित नहुने जनाएको छ ।

‘आज २ : ३० बजे प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्तताका कारण नजानु हुने भएको छ,’ सचिवालयले भनेको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू देउवा, प्रचण्ड, नेपालसँगै नेकपा एमालेका महासचिव शंकर पोखरेल, कांग्रेसका नेता डा. शेखर कोइराला र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बोलाइएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  १ : ५९ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल