दोलखाका ९ स्थानीयतहको ४८ करोड बढी बजेट फ्रीज « Khabarhub

दोलखाका ९ स्थानीयतहको ४८ करोड बढी बजेट फ्रीज


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका ९ स्थानीयतहको संघ र प्रदेश सरकारबाट आएको ४८ करोड बढी बजेट खर्च गर्न नसकेपछि फ्रीज गएको छ ।

जिल्लाका दुई नगरपालिका सहित सात गाउँपालिले गत आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म खर्च गर्न नसकेको ४८ करोड ३ लाख ७५ हजार रकम खर्च नगरी फिर्ता गरेको कोष तथा लेखा नियन्त्रणको कार्यालय दोलखाले जनाएको छ ।

यहाँका यी स्थानीयतहको अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा पनि ५५ करोड बढी बजेट खर्च गर्न नसकेपछि फ्रीज गएको थियो ।

कार्यालयका अनुसार ९ स्थानीय तहहरूले गत आर्थिक वर्ष २०८०/८१ को बजेटबाट विनियोजित शशर्त, विशेष र समपूरक अनुदान मार्फत आएको रकम खर्च हुन नसकेपछि फिर्ता गरेका हुन्।

पालिकाले विभिन्न कारणले खर्च गर्न नसकी तथा काम सम्पन्न भए पश्चात् बाँकी रहन गएको सो रकम फिर्ता गरेका हुन् ।

शशर्त, विशेष र समपूरक अनुदानतर्फ संघ तथा प्रदेशबाट विनियोजित रकम मध्ये दोलखाका नौ स्थानीय तहहरूबाट गत आवमा संघ तथा प्रदेश बाट विनियोजित रकम मध्ये कुल ४८ करोड ३ लाख ७५ हजार १७ रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ ।

कार्यालयका अनुसार विभिन्न योजनाका लागि विनियोजित रकम मध्ये शून्य खर्च भई ५ करोड ४८ लाख ९७ हजार रुपैयाँ फिर्ता भएको छ भने,कार्य सम्पन्न पश्चात् बाँकी रहन गएको रकम ४२ करोड ५४ लाख ७८ हजार १७ रुपैयाँ फिर्ता भएको छ ।

फिर्ता भएको रकम मध्ये सबै भन्दा बढी भीमेश्वर नगरपालिकाबाट तथा सबै भन्दा कम बैतेश्वर गाउँपालिकाबाट फिर्ता भएको कार्यालयको तथ्याङ्क उल्लेख गरिएको छ ।

भीमेश्वर नगरपालिकाबाट ११ करोड ८३ लाख ८१ हजार चार सय ३० रुपैयाँ फिर्ता भएको छ भने, बैतेश्वर गाउँपालिकाबाट २ करोड ६४ लाख २० हजार दुई सय ६२ रुपैयाँ फिर्ता भएको छ ।

यसैगरी तामाकोशी गाउँपालिकाबाट ७ करोड २४ लाख ७१ हजार आठ सय १४ रुपैयाँ , गौरिशंकर गाउँपालिकाबाट ६ करोड ५ लाख २५ हजार तिन सय ५६ रुपैयाँ, विगु गाउँपालिकाबाट ४ करोड ५६ लाख ५७ हजार नौ सय १८ रुपैयाँ, जिरी निगरपालिकाबाट  ४ करोड ४० लाख ३३ हजार तिनसय ९० रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ ।

त्यसैगरी मेलुङ गाउँपालिकाबाट ४ करोड २ लाख ७४ हजार छ सय ५९, शैलुङ गाउँपालिकाबाट ३ करोड ७७ लाख ६७ हजार चार सय र कालिञ्चोक गाउँपालिकाबाट ३ करोड ४८ लाख ४२ हजार छ सय ८३  रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।

-सुबास बस्नेत

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ५ : ३६ बजे

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं- अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार

होर्मुजमा तनाव चुलिँदा अमेरिकाद्वारा इरानमाथि आक्रमण तीव्र

एजेन्सी -होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु

व्यापार र विकास सहकार्यमा नेपालको आग्रह

काठमाडौं- नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास