दुई ठूला दल मिलेकाले तीव्र आर्थिक विस्तार सम्भवः ढकाल « Khabarhub

दुई ठूला दल मिलेकाले तीव्र आर्थिक विस्तार सम्भवः ढकाल


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल दुई ठूला दल मिलेर राजनीतिक र नीतिगत स्थीरताको प्रतिवद्धता जनाएकाले तीव्र आर्थिक विस्तार सम्भव रहेको बताएका छन् ।

‘स्टार्टअप नेसन २०३०’ लाई सम्बोधन गर्दै ढकालले पछिल्लो राजनीतिक समीकरण र आर्थिक वृद्धिबारे उल्लेख गरेका हुन् । सरकार, महासंघ र सरोकारवाला निकायको आयोजनामा तेस्रो स्टार्टअप नेसन २०३० आयोजना गरिएको हो ।

महासंघ अध्यक्ष ढकालले बजेटमा स्टार्टअपका कार्यक्रम राख्न थालिएको करिब एक दशकपछि स्टार्ट स्टार्टअपलाई परिभाषित गरिएको पनि उल्लेख गरे । गत वैशाखमा लगानी सम्मेलन क्रममा संशोधन भएका आठ कानूनमध्ये एक औद्यागिक व्यवसाय ऐनमा स्टार्टअपको परिभाषा समावेश उनले जनाए ।

महासंघले मस्यौदा तयार गरी सरकारलाई बुझाएको स्टार्टअप नीति पारित भएको पनि ढकालले बताए । ऐन र नियमावलीमै समावेश भएकाले सरकारले स्टार्टअपलाई सहायता प्रदान गर्न सहज भएको पनि उनले दाबी गरे ।

‘उत्साही भएर सरकारले स्टार्टअप अनुदान प्रदान गर्न यसपटकको बजेटमा एक अर्ब २५ करोड रुपैयाँ छुट्याएको छ । अब यसको प्रभावकारी कार्यान्वयन हुने र आवश्यक भएका युवाहरूसम्म यो रकम पुग्ने मैले विश्वास लिएको छु,’ ढकालले भने ।

स्टार्टअप विकास गर्न युवाहरुलाई सहायता प्रदान गर्ने इन्कुवेसन वा इनोभेसन केन्द्रहरु स्थापना गर्न आवश्यक रहेको जनाउँदै ढकालले शुरुवातका रुपमा महासंघले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा इन्कुवेसन केन्द्र स्थापना गर्ने प्रक्रिया शुरू गरेको जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १२ : २१ बजे

अमेरिका–इरान युद्ध रोक्न कसरी मध्यस्थतकर्ताको भूमिकामा आइपुग्यो पाकिस्तान ?

इस्लामावाद- अमेरिका र इजरायलद्वारा इरानविरुद्ध थालिएको युद्धको २४औँ दिनमा पाकिस्तानले

संविधानसभापछि सिंहदरबार फर्कँदै संसद्

काठमाडौं– मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै

टोखा दाहालगौंडा क्षेत्रको अतिक्रमित जग्गामा प्रशासनले चलायो डोजर (तस्बिरहरू)

काठमाडौं– टोखा नगरपालिका वडा नं ७ दाहालगौंडामा सरकारी जग्गा अतिक्रमण

इरान–इजरायल तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी

भक्तपुर–  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो