१४० कम्पनीको मूल्य घट्दा पनि झिनो अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

१४० कम्पनीको मूल्य घट्दा पनि झिनो अंकले बढ्यो नेप्से


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि नेप्से भने बढेको हो । 

आज नेप्से २.११ अंकले बढ्दा १४० कम्पनीको शेयर मूल्य घटेको छ भने १०० वटा कम्पनीको शेयर मूल्य मात्र बढेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

नेप्से झिनो अंकले बढ्दा २९६८.४४ विन्दुमा पुगेको छ । आज कारोबार पनि करिब १९ अर्बको भएको छ । बुधबार दिनभरमा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँ बराबरको ४ करोड १४ लाख ५६ हजार ६११ कित्ता शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये ५ वटा समूहमात्रै बढेको छ भने अन्य बाकी सबै समूह राताम्य रहेको छ । आज सबैभन्दा बढी फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स आज एकै दिन ४.९९ प्रतिशतले बढेर ३९२६.८८ विन्दुमा पुगेको छ । 

आज ३३७ वटा कम्पनीको शेयर २ लाख १४ हजार ३१९ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ३ : १६ बजे

प्रचण्डसहित १९ माओवादी नेताका घर ध्वस्त

काठमाडौँ – भ्रष्टाचार र बेथितिविरूद्व जेन–जी पुस्ताले सुरू गरेको आन्दोलन

प्रधानमन्त्री कार्कीलाई युनुसको शुभकामना

काठमाडौं– बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की

रूसको क्यामचाट्कामा ७.४ म्याग्निच्युडको भूकम्प

मस्को– रूसको क्यामचाट्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ

विभिन्न मन्त्रालयमा तोडफोड र आगजनीपछि क्षति विवरण संकलन सुरु

काठमाडौं – जेन-जी प्रदर्शनबाट तोडफोड र आगजनी भएका प्रधानमन्त्री कार्यालय

हेटौँडामा जनजीवन सामान्य बन्दै

बागमती– स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यु हटाएपछि आज बिहानबाटै हेटौँडालगायत