धनुषामा तीन सय ७७ उद्योग बन्द, नौ हजारभन्दा बढी कामदार बेरोजगार « Khabarhub

धनुषामा तीन सय ७७ उद्योग बन्द, नौ हजारभन्दा बढी कामदार बेरोजगार


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा गत आर्थिक वर्ष २०८०-८१ मा तीन सय ७७ वटा उद्योग बन्द भएका छन् ।

गत आवमा वाणिज्यतर्फ दुई सय ५९ तथा उद्योगतर्फ एक सय १८ उद्योग बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले जानकारी दिए।  उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिव नौ हजारभन्दा बढी कामदार बेरोजगार भएका छन् ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ एक हजार १२ उद्योग दर्ता, दुई हजार ५९ उद्योग नवीकरण, पूजीवृद्धितर्फ एक सय ६४, नामसारीतर्फ १९, ठाउँसारीतर्फ २४, शाखा थप १३, प्रतिलिपि दुई सय २५, नाम परिर्वतन ६९ तथा आयात एवम् निर्याततर्फ ५४ व्यवसाय रहेका छन् । 

त्यसैगरी  उद्योगतर्फ दर्ता आठ सय पाँच, नवीकरणतर्फ नौ सय ७८, पूजीवृद्धितर्फ ५९, नामसारी ५६, ठाउँसारी पाँच, प्रतिलिपीतर्फ एक सय ६, फर्मको नाम परिर्वतन ४३ तथा उद्देश्य थप १२ वटा रहेको सो कार्यालयले जनाएको छ ।

सोही आर्थिक वर्षमा कार्यालयले उद्योग दर्ता तथा नवीकरण बापत ५७ लाख २३ हजार राजस्व संकलन गरेको प्रमुख यादवले बताए । गत आर्थिक वर्षमा उद्योग तथा वाणिज्य बन्द हुँदा जनकपुरका विभिन्न स्थानका करिब एक सय सटर बन्द भएको तथा उद्योगी व्यवसायी पलायन भएका थिए ।

हाल धनुषामा साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ५१ तथा घरेलु उद्योग एक हजार ५८ सञ्चालनमा रहेका छन् । ती उद्योगमा महिला र पुरुष गरी करिव सात हजार कामदार प्रत्यक्षरूपमा लाभान्वित हुँदै आएका कार्यालय प्रमुख यादवले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ४ : १४ बजे

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को

सरकारको सय दिने उपलब्धिभित्र छोपिएको सुकुम्वासीको आँसु र अन्योलता

काठमाडौं– नयाँ सरकारले कार्यकालको सय दिन पूरा गर्दै आफ्ना उपलब्धि

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको