बंगलादेशमा संसदीय चुनाव हुनुपर्छ : महासचिव गुटरेस | Khabarhub Khabarhub

बंगलादेशमा संसदीय चुनाव हुनुपर्छ : महासचिव गुटरेस


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बंगलादेशमा सक्दो छिटो संसदीय निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । उपप्रवक्ता फरहान हकमार्फत् विज्ञप्ति जारी गर्दै महासचिव गुटरेसले बंगलादेशमा सक्दो छिटो संसदीय निर्वाचन हुनुपर्ने बताएका हुन् ।

महासचिव गुटरेसले निर्वाचनलाई थप समावेशी बनाउन समेत बंगलादेशको अन्तरिम सरकारलाई आह्वान गरेका छन् । उनले निर्वाचन प्रक्रियामा महिला र अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व मजबुत हुनुपर्ने उल्लेख गरेका छन् ।

हिंसात्मक आन्दोलनसँगै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै बंगलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

अन्तरिम सरकारले सत्ता सम्हाले पनि त्यहाँ हिन्दू धर्मावलम्बीसहित अल्पसङ्ख्यक समुदायविरुद्ध हिंसाका घटना बढिरहेको बताइएको छ ।

यससँगै बंगलादेशमा कहिले चुनाव होला भन्ने चासो बढिरहेका बेला राष्ट्रसंघका महासचिवको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ८ : ४१ बजे

पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प

वाशिङटन् – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन