अछाममा जुवातास खेलिरहेका आठ जना पक्राउ « Khabarhub

अछाममा जुवातास खेलिरहेका आठ जना पक्राउ


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

अछाम – प्रहरीले अछामको कमलबजारबाट जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ ।

कमलबजार नगरपालिका–२ बस्ने दुर्गा रावतको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने ३५ वर्षीय पदम थापा, ३७ वर्षीय खडक बिष्ट, ४५ वर्षीय मन बहादुर चलाउने, ४३ वर्षीय नरेन्द्र ढकाल रहेका छन् ।

त्यस्तै तुर्माखाँद गाउँपालिकाका २६ वर्षीय प्रेम नेपाली, ३० वर्षीय बिमल विक, पञ्चदेवल बिनायक नगरपालिकाका २४ वर्षीय जगत बहादुर शाही र बाजुरा बुढिगंगा नगरपालिका–६ का ४६ वर्षीय शेर बहादुर विक रहेका छन् ।

इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ७५ रूपैयाँ, मोबाइल ९ थान र २ बुकतास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ८ : ५० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण