पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरोले सडक अवरुद्ध « Khabarhub

पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरोले सडक अवरुद्ध


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवामा पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ ।

बुधबार साँझ मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो गएको थियो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज बिहानैदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए ।

पहिरो हटाउन सडक विस्तारको ठेकेदार कम्पनी र नेपाली सेनाको टोली खटिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले पहिरोले मुख्य सडक बन्द भएकाले सवारी साधनहरुलाई वैकल्पि मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले साना तथा मझौला सवारी साधनहरूलाई दमौलीतर्फबाट आउनु परेमा तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवाको रुट प्रयोग गर्न भनेको छ । यस्तै, घाँसीकुवातर्फबाट दमौलीतर्फ जानु परेमा घाँसीकुवा, पोल्याड, रानीगाउँ हुँदै तालघरे निस्किन सकिने जनाइएको छ ।

ठूला सवारी साधनको हकमा डुम्रे–बेसीशहर सडकखण्ड प्रयोग गरेर पोखरा आउ–जाउ गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  १० : १७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल