समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला « Khabarhub

समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तनमा एक भएका राजनीतिक दल अब मुलुक र जनताको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा नेता सिटौलाले वर्तमान अवस्थामा फेरि राष्ट्रिय एकताको अपरिहार्यता रहेको बताए ।

उनले भने, ‘नेपाललाई विश्व मञ्चमा प्रतिस्पर्धी मुलुकका रूपमा चिनाउन राष्ट्रिय एकताको आवश्यकता रहेको छ । राष्ट्रिय एकतालाई सुदृढ पार्ने राजनीतिक दलले नै हो । यसतर्फ सबै राजनीतिक दलले गम्भीर भएर सोच्नुपर्छ ।’

राजनीतिक दलहरूले गरेको सङ्कल्प पूरा गर्ने प्रतिबद्धता आवश्यकता भएको उल्लेख गर्दै उनले राजनीतिक परिवर्तनमा सरिक हुने सबै राजनीतिक दल मिलेर जनताको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको चाहना पूरा गरौँ भने ।

‘फेरि एक पटक मुलुकले राजनीतिक दलहरूका बीचमा वृहत् समझदारी र एकता खोजेको छ, मैले राजनीतिक दलमा जुन विश्वास देखेको थिएँ, त्यो विश्वास टुटेको छ, सिङ्गो मुलुक अविश्वासको खाडलमा छ । विश्वासको सङ्कट छ’, नेता सिटौलाले भने, ‘फेरि एक पटक सैद्धान्तिक र नीतिगत रूपले एक ठाउँमा आएर साझा दृष्टिकोणअनुसार अगाडि बढ्ने सङ्कल्प गरौँ ।’

द्वन्द्व पीडितलाई न्याय दिन हर सम्भव प्रयास गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै नेता सिटौलाले सङ्क्रमणकालीन न्यायलाई निरूपण गर्न गठित आयोगको कामकारबाहीलाई प्रभावकारी बनाइनुपर्ने बताए । ‘अब द्वन्द्वपीडितलाई न्याय पाइन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ, न्याय दिन सक्ने गरी आयोगलाई पूर्णता दिनुपर्छ’, उनले भने ।

बाह्र बुँदे सम्झौताबाट सुरु भएको राजनीतिक ‘कोर्स’का आधारमा तत्कालीन अवस्थामा विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमार्फत नै नेपालको आगामी राजनीतिक परिदृश्य कोरिएको उनले स्मरण गरे ।

विसं २००७ को क्रान्तिमा उठेको संविधानसभाद्वारा संविधान जारी गर्ने माग माओवादी आन्दोलनबाट पूरा भएको उल्लेख गर्दै उनले राजनीतिक दलले गरेको प्रतिबद्धताबाट दायाँबायाँ हुन नहुने बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ४ : २६ बजे

अमेरिकी अनुसन्धानमा अडानीको सहयोग

एजेन्सी– भारतको अडानी इन्टरप्राइजेजले इरानी तेलजन्य उत्पादन आयात गरेको आरोपसम्बन्धी

‘समृद्धि र विकाससँगै सुशासनका लागि उज्यालो नेपाल’

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकको समृद्धि र

प्रतिनिधिसभा निर्वाचन : सुनसरी–१ मा २६ जना मैदानमा

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ मा

रामेछाप बस दुर्घटनापछि कांग्रेस र रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं–  रामेछाप बस दुर्घटनापछि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले

घोषणापत्रमा खानेपानी र सरसफाइलाई प्राथमिकता दिन माग

काठमाडौं– खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाल (फेडवासँन)ले राजनीतिक दलका