भारतबाट फर्किएपछि परराष्ट्रमन्त्रीको टिप्पणी- सम्बन्ध अझै बलियो र सुदृढ बनाएँ « Khabarhub

भारतबाट फर्किएपछि परराष्ट्रमन्त्रीको टिप्पणी- सम्बन्ध अझै बलियो र सुदृढ बनाएँ


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको चार दिने भ्रमण सकेर परराष्ट्रमन्त्री डा. आरजु राणा बिहीबार अपरान्ह देउवा स्वदेश फर्किएकी छन् ।

मन्त्री राणालाई त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री बद्री पाण्डेले स्वागत गरेका छन् ।

त्यसक्रममा क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्ताबारे जानकारी दिइन् ।

भेटमा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने र आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा विचार आदानप्रदान गरेको बताइन् ।

मन्त्री राणाले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको दाबी गरेकी छन् ।

यस्तै, भ्रमणले आगामी दिनमा उच्चस्तरको भ्रमण आदानप्रदान गर्न सहयोग पुग्ने पनि उनले विश्वास जनाएकी छन् ।

भ्रमण अवधिभर भारत सरकारबाट प्राप्त आतिथ्यता र स्वागतका लागि भारत सरकारका विदेशमन्त्री डा. एस. जयशंकर र त्यहाँका पदाधिकारीप्रति धन्यवाद दिएकी छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ५ : ३२ बजे

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र