मर्स्याङ्दीमा खसेको बस नम्बर युपी ५३ एफटी ७६२३, घाइते र शव निकाल्दै सुरक्षाकर्मी « Khabarhub

मर्स्याङ्दीमा खसेको बस नम्बर युपी ५३ एफटी ७६२३, घाइते र शव निकाल्दै सुरक्षाकर्मी


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखराबाट काठमाडौंतर्फ आउँदै गर्दा तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस भारतीय रहेको खुलेको छ ।

झण्डै ४० यात्रु रहेका सो बसको नम्बर युपी ५३ एफटी ७६२३ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिङ सडकखण्डमा पर्ने ऐनापहरा आँबुखैरेनी गाउँपालिका-२ मा पर्छ ।

सो भारतीय बस शुक्रबार बिहान करिब साढे ११ बजेतिर सडकबाट खसेको हो । प्राप्त तस्बिरहरू हेर्दा सो बसको माथिल्लो भाग नै उछिट्टिएर उदाङ्गो भएको छ । सिटमा केही यात्रुहरू देखिइन्छन्‌ भने उद्दार गरिएका यात्रुहरू बस खसेकै भीरमा यत्रतत्र छरिएका छन्‌ ।

पृथ्वी राजमार्गबारे जानकारी दिने सूचनामूलक फेसबुक खाता मुग्लिङ बजारमा प्रविष्ट गरिएका भिडियोहरू हेर्दा बस मर्स्याङ्दी नदीको किनारमै पुगेको छ । सुरक्षाकर्मीहरूले दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूको शव उतारिरहेको देखिन्छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १२ : ४७ बजे

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : सांसद अर्याल 

काठमाडौं– नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ

काठमाडौं– कुमारी बैंक लिमिटेड मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र