यस्तो बन्यो फिल्म ‘देवी’ को शीर्ष गीत « Khabarhub

यस्तो बन्यो फिल्म ‘देवी’ को शीर्ष गीत


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भदौ २१ अर्थात् तीज लक्षित गरी प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा नायिका शिल्पा मास्के मात्रै फिचर्ड छन् ।

उक्त गीतमा मिङ्मा डी लेप्चाको कोरियोग्राफी तथा निर्देशन रहेको छ । गीतमा शब्द, कम्पोज र स्वर स्वप्नील शर्माको छ । संगीत भने रोहित शाक्यको रहेको छ ।

सामाजिक घटनामा बनेको यस फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरीक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।

फिल्म ‘देवी’को ट्रेलरमा अटायो निर्मला पन्तको घटना !

फिल्मले समाज घटेका बलात्कारजन्य घटना र अनुसन्धानमा शक्तिको हस्तक्षेपको कथामा उठान गर्ने बताइएको छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको यस फिल्म निर्देशक राई र अजय गौतम मिलेर लेखेका हुन् ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको छ । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माण टिमले प्रदर्शनका लागि बाँसुरी फिल्मस्सँग सहकार्य गरेको छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ४ : १८ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र