सरकारले निजी क्षेत्रको भूमिकालाई कटौती गर्दैन : अर्थमन्त्री पौडेल « Khabarhub

सरकारले निजी क्षेत्रको भूमिकालाई कटौती गर्दैन : अर्थमन्त्री पौडेल


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको भूमिकालाई कटौती गर्ने काम सरकारले नगर्ने स्पष्ट पारेका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको भन्दै यसलाई कटौती गर्ने काम वर्तमान सरकारले नगर्ने स्पष्ट पारेका हुन्  ।

सरकारले सरकार, निजी क्षत्र र सहकारीलाई एक साथ विकासको गतिमा अघि बढाउने उनले बताए । उनले वर्तमान सरकार संसद्को अहिलेसम्मकै बलियो सरकार भएकाले भन्दै सरकारमा रहेका प्रत्येक मन्त्रीलाई काम नगर्ने छुट नभएको जिकिर गरे ।

विभिन्न नीतिगत विषयमा निजी क्षेत्रको असन्तुष्टि देखिएको सन्दर्भमा त्यसलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गरिरहेको उनले बताए । पौडेलले पुँजीगत खर्चको गुणात्मक वृद्धि नगरी विकास समृद्धिका कुरा गर्नुको कुनै अर्थ नहुने बताए  ।

बजेट विनियोजन कौशलका हिसाबले नेपाल अति कमजोर देखिएको भन्दै उनले लागत अनुमान नगरिएका तथा प्रतिफलको सही अनुमान नगरिएका ११ हजार बढी योजना संघीय सरकारले सञ्चालन गर्नुपर्ने योजनाका रूपमा रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई अख्तियारको अनुसन्धानको दायरामा राख्न खोजिएको भन्दै आपत्ति जनाए ।

यसका कारण पूर्वाधार, कलकारखानादेखि हरेक क्षेत्रमा ब्रेक लाग्न सक्ने उनले बताए । त्यस्तै उनले बैङ्कहरूमा लगानी गर्नेले अरु क्षेत्रमा लगानी गर्न नपाउने व्यवस्थाले आर्थिक गतिविधिमा नै प्रभाव पार्ने उल्लेख गरे ।

कार्यक्रममा सहभागी अन्य व्यवसायीहरूले मुलुकको आर्थिक समृद्धिमा निजी क्षेत्रको भूमिकालाई समेट्दै अघि बढ्न सरकारलाई सुझाव दिएका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ३ : ४७ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ