हिउँको पहाड नै खस्यो, तीन घण्टादेखि थुनियो घट्टेखोला | Khabarhub Khabarhub

धौलागिरि हिमालमा हिमपहिरो

हिउँको पहाड नै खस्यो, तीन घण्टादेखि थुनियो घट्टेखोला

प्रजिअ भन्छन्‌- ‘सशस्त्रको टोली जाँदैछ’


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित धौलागिरि प्रथम (८,१६७ मिटर) हिमालको काखमा रहेको हिउसहितको विशाल थुप्रो (पर्माफ्रोस्ट) फुट्दा हिमपहिरो (एभालान्स) चलेको छ ।

शुक्रबार दिउँसो साढे १ बजेतिर हिमपहिरो गएको हो । हिउँसहितको गेग्रान (डेब्रिज) ले स्थानीय बोक्सी खोला भरिँदा एभालान्स ल्याण्डस्लाइड ड्याम (बाँध) ले बहाव नै रोकिएको छ ।

तीन घण्टा अघिदेखि खोला थुनिँदा घट्टेखोला किनार कोबाङका स्थानीय बासिन्दाले थाततलो छाडेका छन्‌ । घट्टेखोलाको पानी बोक्सीखोला हुँदै कालीगण्डकी नदीमा मिसिन्छ ।

‘दिउँसो साढे १ बजेतिर धौलागिरि हिमालको काखबाट हिमपहिरो झरेको हो, शुरूमा घट्टे खोलाले हिउँका टुक्रा नै बगाएर ल्याएको थियो, तर पछि खोला थुनिएर पानी बग्न ठप्पै छ,’ थासाङ-२ का वडासदस्य एवम्‌ स्थानीय होटल व्यवसायी भीमप्रसाद थकालीले भने, ‘ड्रोन उडाएर हेर्दा करिब छ किलोमिटर माथि ल्याण्डस्लाइड ड्याम बनेको देखिन्छ ।’

धौलागिरि प्रथम र टुकुचे पीकको बीचमा रहेको हिउँको विशाल पर्माफ्रोस्ट । तस्बिरः गुगल अर्थ

अहिलेसम्म कुनै क्षतिको जानकारी प्राप्त नभएको, तर हिमपहिरोले थुनेको खोला कतिबेला फुट्ने हो भन्ने डरले आफूहरू विस्थापित भएको थकालीले बताए ।

हिमपहिरो गाईबस्तु चराउने ठाउँ छिप्लुङसम्म आइपुगेकाले पशुधनमा केही क्षति पुगेको हुनसक्ने गाउँपालिकाका जनप्रतिनिधिहरूले बताएका छन्‌ । हिमपहिरोले घट्टेखोलामा बनाएको ताल एकैपटक फुटे कोबाङ बेलिब्रिज नजिक तटीय क्षेत्रमा रहेका करिब एक दर्जन घर पूर्ण रूपमा क्षतिग्रस्त हुने जोखिम छ ।

प्रजिअ भन्छन्‌- ‘सशस्त्र प्रहरीको टोली पठाएका छौँ’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो गएको क्षेत्रतर्फ अर्धसैनिक सशस्त्र प्रहरी बल (एपीएफ) टोली पठाएको जानकारी दिएका छन्‌ ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘क्षति भैहालेको छैन, हिमपहिरो गए पनि स्थिति सामान्य नै छ । घटनाबारे बुझ्न र सम्भावित जोखिमबाट स्थानीयबासीलाई तथा तटीय क्षेत्रका बासिन्दालाई जोगाउन सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ खटाइएको छ ।’

स्थानीयबासीले घट्टेखोलाबाट करिब पाँच किलोमिटर माथि ताल थुनिएको बताएपनि प्रजिअ पन्तले भने बोक्सेखोलाभन्दा करिब एक किलोमिटरमाथि हिमपहिरो गएको जानकारी प्राप्त भएको बताएका छन्‌ ।

भिडियोः

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ५ : ०७ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको