कांग्रेस बैठकमा आरजुको ब्रिफिङ- मोदीले उपयुक्त समयमा नेपाल आउँछु भन्नु भएको छ | Khabarhub Khabarhub

कांग्रेस बैठकमा आरजुको ब्रिफिङ- मोदीले उपयुक्त समयमा नेपाल आउँछु भन्नु भएको छ


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पार्टीलाई भारत भ्रमणबारे जानकारी गराएकी छन् । स्वदेश फर्किएको भोलिपल्ट (शुक्रबार) केन्द्रीय कार्यसमिति बैठकमा उनले भारत भ्रमणबारे जानकारी गराएकी हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री राणाले बैठकमा भदौ २ देखि ६ गतेसम्म गरेको भारत भ्रमण सफल भएको बताइन् । नेपाल र भारतबीचको आपसी सद्भाव अभिवृद्धि गर्न भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

परराष्ट्रमन्त्री राणा भारतको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएकी थिइन् ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले भ्रमणबाट दुई मुलुकबीचको मैत्रीपूर्ण, सहयोगी, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको पनि बताइन् ।

राणाले नेपालमा ठूला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको अनुभव बैठकमा सुनाइन् ।

आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा एस. जयशंकरसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरु राखेको उनले बताइन् ।

भ्रमणका क्रममा गत सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र भेटका क्रममा आपसी हित तथा विद्यमान सहकार्यलाई थप विस्तार गर्ने विषयमा विचारको आदानप्रदान भएको मन्त्री राणाले जानकारी बैठकलाई दिइन् ।

भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेको र प्रधानमन्त्री मोदीले उपयुक्त समयमा आफू नेपाल आउने बताएको पनि जानकारी मन्त्री राणाले पार्टीलाई दिइन् ।

विदेशमन्त्री जयशंकरसँग भएको भेटवार्तामा आपसी हितका साथै ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, पूर्वाधार निर्माण, बाढी-डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधार लगायतबारे कुराकानी भएको उनले बताइन् ।

भ्रमणका क्रममा उठाइएका नेपालको चासो र हितका विषयहरुको कार्यान्वयन गरी पूर्णता दिन संयुक्त संयन्त्र एवं अन्य निकायद्वारा प्रक्रिया छिट्टै अगाडि बढाइने पनि मन्त्री राणाको भनाइ थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ५ : ०७ बजे

आज २०८१ साल असोज ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०