भारतीय सवार बस मर्स्याङ्दीमा दुर्घटना : ज्यान गुमाउनेको संख्या २७ पुग्यो « Khabarhub

भारतीय सवार बस मर्स्याङ्दीमा दुर्घटना : ज्यान गुमाउनेको संख्या २७ पुग्यो


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

तनहुँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

शुक्रबार बिहान आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दीमा खस्दा सुरुमा १४ जनाले ज्यान गुमाएका थिए ।

प्रजिअ गौतमका अनुसार शुक्रबार साँझसम्म उपचारका लागि अस्पतालमा पुर्‍याइएकासहित ज्यान गुमाउनेको संख्या २७ पुगेको हो।

गौतमका अनुसार ज्यान गुमाउनेमा १५ महिला र ११ पुरुष रहेका छन् । त्यसैगरी एकजना बालकको पनि दुर्घटनामा ज्यान गएको छ ।

बसमा सबैजना भारतीय पर्यटक सवार थिए । भैरहवा नाका हुँदै छिरेको उक्त बसमा ४३ जना सवार रहेको खुलेको छ । दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उपचारका लागि ल्याइएका थप यात्रुले पनि ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ६ : ४६ बजे

सडकमा बसेर आम जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको

कार्यरत रहेको संस्थामा मात्रै आफ्नो विवरण राख्न चिकित्सकलाई काउन्सिलको निर्देशन 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूलाई लक्षित गर्दै आफ्नो नाम